Sat. Jul 27th, 2024

दुर्घटनामा एकको मृत्यु, एघार घाईते

११ मंसिर, धादिङ – त्रिभुवन राजपथ अन्र्तरगत धादिङको तसर्पु गाउँ विकास समिति वडा नम्बर ७ दामेचौरमा जिप दुर्घटना हुदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा परी अन्य ११ जना घाईते भएका छन् । डुम्रेचौरबाट पिपलटारमा ब्रतबन्धको लागी जाँदै गरेको बा ४ च ७४६९ नम्बरको जिप दुर्घटना हुदाँ तसर्पु गाउँ विकास समिति वडा नम्बर ७ का शान्ति लामाको मृत्यु भएको ईलाका प्रहरी कार्यलय खानीखोलाका प्रहरी निरिक्षक प्रेमबन्धु पोख्रेलले जानकारी दिनुभएको छ ।
घाईते हुनेहरुमा जिप चालक पुर्ण गोले, १४ वर्षिय सुजन लामा, र ११ वर्षिय सुदिप लामा रहेका छन् । घाईतेहरुलाई उपचारका लागी काठमाण्डौं लगिएकोे छ । जिप सडकबाट एक सय मिटर खसेर थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: