Sat. Jul 27th, 2024

मध्यमाञ्चल क्षेत्रीय महोत्सव २०७१ को तयारी तीब्र

११ मंसिर, धादिङ – धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा हुन गईरहेको मध्यमाञ्चल क्षेत्रीय महोत्सव २०७१ को नारा ‘ घरेलु उद्योग, कृषि, जलश्रोत, पर्यटन प्रवद्र्धन–आर्थिक समृद्धि हाम्रो अभियान ’ हुने भएको छ ।

Meela Adv

महोत्सव मुल आयोजक समितिका संयोजक एवम उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष कल्पना अधिकारीको अध्यक्षतामा विहीवार धादिङबेसीमा बसेको  मध्यमाञ्चल क्षेत्रीय महोत्सव मुल आयोजक समितिको बैठकले उक्त नारा तय गरेको हो ।
महोत्सव मध्यमाञ्चल क्षेत्रीय स्तरको हुने भएकाले मध्य क्षेत्रको प्रतिनिधित्व गर्ने मुख्य बस्तुहरुमा घरेलु उद्योग, कृषि, जलश्रोत, पर्यटन प्रवद्र्धन रहेकाले महोत्सवको मुख्य नारा र आकर्षण पनि यसैलाई वनाईएको संयोजक अध्यक्ष कल्पना अधिकारीले वताउनु भयो । मुल आयोजक समितिको बैठकले महोत्सवको तयारी र प्रचार प्रसारका लागि समेत  विभिन्न संचारमाध्यमहरुसंग सहकार्य गरी अघि बढ्ने निर्णय समेत गरेको छ ।

महोत्सवको मुख्य आयोजकमा  उद्योग वाणिज्य संघ धादिङ रहेको छ भने घरेलु तथा साना उद्योग विकास समिति प्रधान कार्यालय त्रिपुरेश्वर काठमाण्डौं ,जिल्ला विकास समिति धादिङ, नीलकण्ठ नगरपालिका सह आयोजक रहेका छन । त्यसै गरी कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल टेलिकम महोत्सवको मुख्य प्रायोजकमा रहेको महोत्सव मुल आयोजक समितिले जनाएको छ ।
मध्य नेपालका १९ जिल्लाको प्रतिनिधित्व हुने घरेलु उद्योग, कृषि, पशु उत्पादन, फलफूल, पर्यटकीय क्षेत्रको प्रचार प्रसार, औद्योगिक उत्पादनलाई महोत्सवमा समेटिने समितिले जनाएको छ । आगामी पुस ७ गते देखि १७ गते सम्म धादिङबेसीको खुल्लामञ्चमा मध्यमाञ्चल क्षेत्रीय महोत्सव २०७१ सम्पन्न हुन गईरहेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: