Sat. Jul 27th, 2024

राजमार्ग छेउका होर्डिङ बोर्ड अझै हट्न सकेन

 

२० मंसिर, धादिङ – राजमार्ग छेउछाउमा व्यापारिक प्रयोजनका लागि राखिएको होर्डिङ बोर्ड हटाउन पटक पटक मौखिक निर्णय भएपनि पृथ्वीरामार्ग क्षेत्रमा जवरजस्ती राखिएका होर्डिङबोर्डहरु अहिलेसम्म कसैले हटाउन सकेको छैन ।

hoding board 1
स्थानीय प्रशासन र प्रहरीले होर्डिङ बोर्ड हटाउने निर्णय गरेपनि कार्यन्वयन गराउन नसक्दा जवरजस्ती होर्डिङ बोर्ड राख्नेहरुको संख्या झनै बढेको छ । सडक छेउमा व्यापारिक प्रयोजनका लागि राखिएको होर्डिङ बोर्डले चालकको ध्यान तान्दा सवारी अनियन्त्रित भई दुर्घटना बढेको पाइएको छ । सडक छेउमा अश्लील खालको होर्डिङ बोर्ड हटाउन निर्देशन दिएको भएपनि वोर्ड हटाउन सकिएको छैन ।
अहिले राजमार्गको घुम्ती घुम्तीमा र घरको छतमा समेत छ्यापछ्याप्ती होर्डिङहरु राखिएका छन् । व्यापारिक प्रयोजनका लागि सडक छेउमा आकर्षक ढंगबाट राखिएका होडिर्ङ वोर्डहरुले चालकको ध्यान केन्द्रित गराउने हुँदा दुर्घटना बढेको सरोकारवालाहरुले बताएका छन् । अधिकांश बोर्डहरु माधक पदार्थ र ठूला व्यापारिक कम्पनीहरुको रहेका छन् ।

Hoding Board 2
यूवतीलाई प्रयोग गरेर अश्लील ढंगबाट राखिएका रक्सी र अन्य ब्राण्डहरुको बोर्डले दुर्घटना निम्त्याउने गरेको प्रहरीकै अनुसन्धानले प्रष्ट पारेको छ तर पनि अहिलेसम्म त्यस्ता बोर्ड हटाउन नसक्नुमा सरोकारवाला निकायको नै मिलेमतो रहेको हुन सक्ने सर्वसाधारणहरुले आशंका गर्न थालेका छन् ।
धेरै जसो होर्डिङ वोर्डहरु लागु पदार्थ, माधक पदार्थ तथा ठूला ठूला कम्पनीहरुको रहेको छ । ठूला ठूला वोर्ड बनाएर सडक छेउमा राखिदिदाँ दुर्घटना बढेको अनुमान गर्न सकिन्छ ।

About The Author

Loading...

अन्य समाचारहरु: