Sat. Jul 27th, 2024

सानिमा बैंकद्वारा ५ लाखको पत्रकारिता पुरस्कार स्थापना

 

sanima-bank

काठमाडौं- सानिमा बैंकले १०औंं बार्षिकोत्सवको अवसरमा पाँच लाख रुपैयाँ राशीको ‘सानिमा राष्ट्रिय पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ ।

प्रत्येक वर्ष पत्रकारिताको माध्यमबाट योगदान पुर्‍याउने एक जनालाई वा संयुक्तरुपमा पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ । पत्रकारिता क्षेत्रसँग सम्बद्ध निकायहरुसँग समन्वय गरी पुरस्कार वितरण गरिने बैंकले जनाएको छ ।

चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा बैंकले २६ अर्ब ९३ करोड रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब ३८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । देशभर बैंकका ३७ शाखा सञ्चालनमा छन् । बैंकले प्रत्यक्षरुपमा ६ सय १२ जनालाई रोजगारी दिएको छ ।

(दैनिक नेपाल डट कमबाट साभार)

About The Author

Loading...

अन्य समाचारहरु: