Sat. Oct 12th, 2024

कर्मचारी आवश्यकता सम्वन्धी सूचना

(सूचना प्रकाशित मिति : २०७२ माघ २४ गते)
केएर नेपालसंगको साझेदारीमा सहयात्री समाज नेपालले सञ्चालन गर्न लागेको खानेपानी, सरसफाई तथा स्वच्छता र लैङ्गिकतामा आधारित हिंसा विरुद्धको कार्यक्रमका लागि जिल्लाका मूलपानी, आगिञ्चोक र सल्यानटार गाविसमा कामगर्नका लागि तपसिल अनुसारका कर्मचारीको आवश्यकता भएको हुनाले  योग्यता पुगेका इच्छुक व्यक्तिहरुबाट आफ्नो प्रमाणपत्र सहित आवेदन आव्हान गरिन्छ ।
पद : खानेपानी तथा सरसफाई अधिकृत   

संख्या :  १ जना

योग्यता र प्रथामिकता
–  वि.ई उतिर्ण गरी कम्तिमाखानेपानीतथा सरसफाईको क्षेत्रमा १वर्ष काम गरेको अनुभवभएको वा
सव इन्जिनिरयर उतिर्ण गरी खानेपानी तथा सरसफाईको क्षेत्रमा कम्तिमा ५ वर्ष काम गरेको अनुभव भएको ।
–    कम्प्युटर दक्षता भएको ।
–    अन्तर वैयक्तिक संचारसीप भएको ।
–    महिला, दलित, जनजाती र पछाडी पारिएको समुदायलाई पहिलो प्राथामिकतादिइने छ ।

पद : लैङ्गिकतामा आाधारित हिंसा विरुद्ध सम्पर्क व्यक्ति  

संख्या : १  जना

योग्यता र प्रथामिकता

–  स्नातकतह उतिर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तिमा ३ वर्ष काम गरेको अनुभवभएको
वा प्रविणता प्रमाणपत्र तहउतिर्ण गरी सम्बन्धित क्षेत्रमाकम्तिमा ५ वर्ष काम गरेको अनुभवभएको ।
–    लैङ्गिकतामा आाधारित हिंसामा परेका व्यक्तिहरुको उद्वारमा अनुभव भएको ।
–   अन्तरवैयक्तिक संचारसीप भएको ।
–    कम्प्युटर दक्षताभएकोलाई प्रथमिकतादिइने छ ।
–    महिला, दलितजनजाती र पछाडी पारिएको समुदायलाई पहिलो प्राथामिकतादिइने छ ।

निवेदन पेश गर्ने मिति, स्थान र आवश्यक कागजात,
–    निबेदनको साथमाआफ्ना शैक्षिक प्रमाण पत्र, नागरिकता, कार्य अनुभवको प्रतिलिपी र वायोडाटा (CV) अनिबार्य रुपमा पेश गनु पर्ने छ ।
–    सूचना प्रकाशितभएको मितिले ८ दिनभित्र वा २०७२ फागुन २ गते कार्यालय समय आवेदन पेश गरी सक्नु पर्ने छ ।
–    तलब संस्थाको कर्मचारी नियमावली र परियोजनामा व्यवस्था भएअनुसार हुनेछ ।
–    दरखास्तबुझाउने ठाउँ :  सहयात्री समाज नेपालको कार्यालय, सी.पीचोक धादिङ,
वा संस्थाको इमेल ठेगाना : [email protected]
सम्पर्क नं. :– ०१०–५२०५४४
परिक्षाको किसिमः– लिखित र मौखिक दुबै ।
नोटः–सुचिकृत भएकाउम्मेद्वारहरुलाई मात्रलिखित परिक्षाकालागिवोलाइने छ । निवेदकले आफ्नो सम्पर्क नम्वर अनिवार्य रुपमाउल्लेख गर्नुहोला ।

About The Author

अन्य समाचारहरु: