Sat. Jul 27th, 2024

चौरी घर फर्कियो

 

bheda bekhra

२२ मंसिर धादिङ – चरनका लागि लगिएका चौरी तथा भेडाबाख्रा चिसो बढेसँगै बेसी झार्न थालिएको छ ।

 

धादिङको उत्तरी क्षेत्रका विभिन्न खर्कहरुमा चरनका लागि लेकमा लगिएको चौरी तथा भेडाबाख्रा अहिले धमाधम बेसी छार्न थालिएको छ ।
चरन क्षेत्रमा अत्याधिक चिसो बढेपछि हिमाली भेगका भेडीगोठ बस्ती नजिकै सार्न थालिएको हो । उत्तरी धादिङको झार्लाङ, सेर्तुङ, लापा र तिप्लिङ गाउँ विकास समितिका भेडापालक कृषकहरु अहिले भेडाको गोठ सार्नमा व्यस्त भएका छन् ।

 
उत्तरी धादिङमा पालिएका चौरी तथा भेडालाई तिप्लिङ गाविसको मस्योङमा गोठ बनाएर राख्ने गरिएको छ । कात्र्तिकको पहिलो सातादेखि नै हिमाली भेगमा चिसो बढ्न थालेपछी गोठहरु बेसी झर्न थालेका हुन् ।

 
अहिले बस्ती नजिक सारिएको भैसीगोठहरु बैशाख जेठ देखि लेकमा फर्काउने गरिन्छ । हिउँद याममा हिमाली भेगको चरन क्षेत्रमा अत्याधिक चिसो हुने भएपछि दशैपछि भेडी गोठ बेसीमा सार्ने गरिएको भेडापालक कृषक मेन घलेले बताए ।

 
भेडी गोठ बेसी झार्दा धादिङ जिल्लाको उत्तरी भेगको माथिल्लो भागमा विभिन्न स्थानका खेतबारी र जंगल क्षेत्र र चौँरी र भेडाले भरिने गरेको छ । भेंडालाई तीन महिना हिमाली भेगमा लैजाने र दुई महिना तल्लो भेगमा झारेर चरनमा डुलाइने गरिन्छ ।

 
अहिले उत्तरी धादिङको झार्लाङ, सेर्तुङ र तिप्लिङ गाउँ विकास समितिमा व्यावसायीकभेडा पालनको लागि नोर्ला र आपेरोनको सहयोगमा फोकस नेपाल धादिङले पनि सहयोग गर्दै आईरहेको छ । भेडा व्यावसाय राम्रो भएपनि बजार अभावको कारणले गर्दा अहिले कृषकहरुलाई समस्या परेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: