Sat. Jul 27th, 2024

धादिङ प्रहरीद्धारा विशेष अभियान सुरु

२२ मंसिर, धादिङ – राजमार्ग क्षेत्रमा हुने दुर्घटना न्यूनिकरणका लागि धादिङ प्रहरीले विशेष अभियान सुरु गरेको छ ।

 
गत दुई महिना अघि चलाएको प्रहरीसंग एक मिनेट अभियानले सफलता पाएको निष्कर्ष सहित धादिङ प्रहरीले फेरी दोश्रो चरणमा एकैसाथ तीन ओटा अभियान सुरु गरेको हो ।

 
यात्रुको सुरक्षा र सुरक्षित राजमार्गका लागि ट्राफिक नियम र दुर्घटना रोकथामका विषयमा सवारी चालकलाई जानकारी दिने उद्देश्यले पृथ्वीराजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत पर्ने धादिङ खण्डमा राडर गनको माध्यामबाट सवारीको गति मापन र दिवा सेवामा संचालित सवारी साधनमा समेत मापसे चेक गर्ने गरिएको प्रहरी नायव उपरिक्षक प्रकाश मल्लले बताउनुभयो ।

 
राजधानीबाट बाहिरीने र अन्यत्रबाट राजधानी भित्रने सवारी साधनका लागि त्रिभुवन राजपथ र पृथ्वी राजमार्गको विभिन्न क्षेत्रहरुमा चेकजाँच सुरु गरेको छ । राडर गनको माध्यामबाट सवारीको गति मापन गर्दा चालक होसियार हुने र दुर्घटनामा कमी आउने प्रहरीको निष्कर्ष छ । यस अभियान प्रति सवारी चालक र यात्रुहरु समेत खुसी भएका छन् ।

 
दिन प्रतिदिन बढ्दै गएको दुर्घटना कम गराउन सुरु गरेको विशेष अभियानमा सडकमा नै उभिएर प्रहरीले एक मिनेटको समय भित्र एकजना सवारी चालकहरुलाई चेतनामुलक जानकारी दिईनुका साथै आवश्यक परामर्श समेत दिने गरेका छन् । सवारी दुर्घटनाबाट हुने जोखिम न्यूनीकरण गर्न धादिङ प्रहरीले थालेको यो अभियानमा ट्राफिक प्रहरी सहित दैनिक ३० भन्दा बढि प्रहरी खटिरहेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: