२ फागुन धादिङ –१४ फेबु्अरी अर्थात भ्यालेन्टाइन डे पछिल्लो समय नेपालमा पनि मनाइन थालेको छ । यसलाई नेपाली समाजमा प्रणय दिवस वा प्रेम दिवसले चिनिन्छ । यसरी चिनिन थालेको भने त्यति लामो इतिहास भने छैन । भ्यालेनटाइनको चर्चा चलिरहदा धादिङको जिल्लाको गजुरी गाबिसमा शनिबार भने अलि फरक किसिमका दृष्य देखिन्थ्यो । सिमान्तकृत तथा अवसरबाट बन्चित चेपाग समुदायका नव बिबाहित युवा दम्पतिहरुलाइ परिवार स्र्माट बनाउनका लागि परिवार नियोजनको बारेमा बृहत जानकारी दिने उदेश्यका साथ स्मार्ट पिकनिक कार्यक्रम आयोजना गरियो ।
नयाँ पुस्तालाई परिवार नियोजनको महत्व बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको स्मार्ट पिकनिक गजुरी प्रथामिक स्वास्थ्य केन्द्रको समन्वयमा यु एस एआईडीको आर्थिक तथा प्राविधिक सहयोगमा हेल्थ कम्युनिकेशन क्यापासिटी कोलाबोरेटीभ ९ज्ऋघ० परियोजनाले आयोजना गरेको थियो । कार्यक्रममा गजुरी गाबिसका भरखरै बिबाह भएका नव बिबाहित १५ जोडिको उपस्थिति रहेको थियो ।
पिकनिक कार्यक्रममा, गजुरी प्रथामिक स्वास्थ्य सेवा केन्द्रका परिवार नियोजन फाँट प्रमुख राधा पाण्डेले परिवार नियोजन भनेको के हो ?, परिवार नियोजन को स्थाई तथा अस्थाई साधनहरु के के छन्, पहिलो बच्चा कहिले जन्माउने, जन्मान्तर कति राख्ने, बालबच्चाका लागि उचित हेरचाह कसरि गर्ने भन्ने बारे प्रस्ट पार्नु भएको थियो भने रावल ले स्र्माट भनेको के हो ?, परिवार नियोजनको साधन प्रयोग गरेर स्र्माट कसरि बनिन्छ, परिवार स्र्माट बनाउनको लागि के के कुरा हरुको आवश्यक पर्दो रहेछ भन्ने कुरा हरुका बारेमा छलफल गराइएको थियो । नव दम्पतिहरुका लागि विभिन्न मनोरञ्जनात्मक खेलहरु प्नि खेलाइएको थियो ।
कार्यक्रममा गजुरी गावसिका सचिव एवं प्रथामिक स्वास्थ्य केन्द्र गजुरीका ब्यवस्थापन समितिका अध्यक्ष मनचन्द्र धरला, गजुरी प्राथमिक परिवार नियोजन फाट प्रमुख राधा पाण्डे, वित्त तथा प्रशासक नकुल सेडाई, फिल्ड सुपरभाइजर अप्सरा रावत, स्थानिय शिक्षक लगायतको सहभागीता रहेको थियो ।