Thu. Jun 13th, 2024

जग्गा सहित ३२ लाख संकलन

धादिङ – हरेराम वृद्धाश्रम भवन निर्माणार्थ आयोजना गरिएको महायज्ञबाट ३२ लाख रकम संकलन भएको छ ।

 
धादिङबेसीमा मंसिर १७ गतेदेखि सञ्चालन भएको बृहत श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा जग्गा सहित ३२ लाख ५ हजार सहयोग रकम संकलन भएको आयोजक संस्थाले जानकारी दिएको छ ।

 
महायज्ञमा निलकण्ठ–१२ धादिङ घर भई हाल काठमाण्डौ निवासी निर्मला दाहालले भवन निर्माणर्थ २ लाख १ हजार १० रुपैया सहयोग उपलब्ध गराउनुभएको छ । महायज्ञमा रकम सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो ।

 
सदरमुकाम धादिङवेशीमा सञ्चालित संगितमय प्रवचन तथा वृहत श्रीमत भागवत ज्ञान महायज्ञमा युवा पण्डित कपिलदेव भट्टले कथा वाचन गर्नुभएको थियो ।
सामाजिक सेवामा आवद्ध विश्व शान्ति केन्द्र नेपाल धादिङ र एकादशी व्रत भक्ति उपसना मैदी धादिङको आयोजनामा सञ्चालन गरिएको महायज्ञ २३ गतेसम्म चलेको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: