Sat. Jul 27th, 2024

युवती मृत अवस्थामा फेला

 

death yobati

२४ मंसिर, नुवाकोट-  गोरखाको एक युवती नुवाकोटको सुनखानी गाँउ विकास समितिको वडा नम्बर ७ मा मृत अबस्थामा भेटिएकी छिन् ।

 
गोरखाको थलाजु गाबिस वडा नम्बर ९ का २४ वर्षीय रिता गुरु सुनखानीमा हिजो साँझ मृत अबस्था भेट्टिएको हो ।

 
मृतक गुरुङको मुखबाट रगत निस्किएको, शरिरको तल्लो भागको कपडा फुकालिएको तथा शरिरको विभिन्न अङ्गमा चोट लागेको अबस्थामा सुनखानी गाविसको वडा नम्बर ७ स्थित सिस्नेरी ठाडेभिरको जंगलमा शव भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिनुभएको छ ।

 

 

घटनाको सम्बन्धमा अनुसन्धानको लागि गणेशस्थान गाबिसको वडा नम्बर ४ का अजित ढकाललाई प्रहरीले हिजो साँझ नै नियन्त्रणमा लिएको छ । मृतक गुरुङसंगग लामो समयदेखि चिनजान रहेका अजितले उनलाई नुवाकोट घुमाउन ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । प्रहरीले अजितको बा।६४ प २२३ नम्बरको मोटरसकइल समेत घटनास्थल नजिकैबाट नियन्त्रणमा लिएइको छ ।

 
मृतकको शवको स्थलगत मुचुल्का तथा घटनास्थलको अनुसन्धान कार्य भइरहेकाले अहिलेसम्म घटनास्थलबाट शव उठाउन बाँकी रहेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेदाँ गुरुङको कसैले हत्या गरेको जस्तो देखिन आएको प्रहरीले जनाएको छ । मृतक गुरुङ सरकारी कर्मचारी भएको प्रहरीले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: