Sat. Jul 27th, 2024

घरेलु हिंसाले आत्महत्या बढायो

२४ मंसिर, धादिङ-   घरेलु हिंसाका कारण महिलाहरुले बढी मात्रामा आत्महत्या गर्ने गरेको एक अध्ययनले निश्कर्ष निकालेको छ ।
सबैका लागि घर घरमा मानवअधिकार, शान्ति र विकासको आधार भन्ने नाराका साथ ६६ औँ अन्र्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा धादिङबेसीमा आयोजना गरिएको मानव अधिकार सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा ६१ प्रतिशत महिलाहरु घरेलु हिंसाका कारण आत्महत्या गर्ने गरेको बताइएको छ ।

 
महिलाहरु विष सेवन र झुण्डिएर बढीमात्रामा आत्महत्या गर्ने गरेको कार्यक्रममा जानकारी गराइएको छ ।

 

 

त्यस्तै सन् २०१३ का अनुसार १ सय २५ जना मानवअधिकारकर्मी मध्येमा सबैभन्दा बढी ७६ जना पत्रकारहरु जोखिममा रहेको पनि कार्यक्रममा बताइएको छ ।
कार्यक्रममा लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत हिजो आयोजना गरिएको चित्रकला प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई आज पुरस्कार वितरण गरिएको छ । प्रतियोगितामा विभिन्न ७ विद्यालयका १४ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । जसमा अन्य सहभागीले कारेको चित्रलाई पछि पार्दै धादिङ आवासिय उच्च माविका रोशन श्रेष्ठले कोर्नुभएको चित्र प्रथम भएको छ ।

 

त्यसैगरी, चिल्ड्रेनपार्क आवासिय उच्च माविकी जेनिका आमात्य द्धितिय, एड्भान्स एकेडेमीका अञ्जन आले तृतिय र बालमन्दिर माविका सिता गुरुङ सान्त्वना भएका छन् । सहभागी विद्यार्थीहरुले बढ्दै गईरहेको महिला हिंसा र न्युनिकरणका गरिनुपर्ने पहन झल्कने खालका चित्र कोरेका थिए ।

About The Author

Loading...

अन्य समाचारहरु: