Sat. Jul 27th, 2024

मिस वर्ल्डको पिपुल्स च्वाइसमा नेपालकी सुबिन पाँचौं नम्बरमा, भोटिङका लागि तीन दिन बाँकी

 

subin-limbu

लण्डन -आउँदो आइतवार सम्पन्न हुने मिस वर्ल्ड प्रतियोगितमा सहभागी हुन बेलायत पुगेकी मिस नेपाल सुविन लिम्बु पिपुल च्वाइस भोटिङमा पाँचौ स्थानमा पुग्न सफल भएकी छिन् ।
मिस वर्ल्ड आयोजक संस्थाका अनुसार अष्ट्रेलिया पहिलो, बारबाडोसर दोस्रो, हाइटी तेस्रो, भारत चौथो र पाँचौंमा नेपाल रहेको छ । अन्य मुलुकहरु नेदरल्याण्ड, फिलिपिन्स, रसिया, दक्षिण अफ्रिका र थाइल्याण्ड उत्कृष्ट दशमा परेका छन् ।
अनलाइन भोटिङको आधारमा पाँचौ स्थानमा पुगेकी नेपाली सुन्दरी सुविनले अब तीन दिन मात्रै बाँकी रहेकाले अनलाइन मार्फत आफुलाई भोट दिन विश्वभरका नेपालीहरुलाई आग्रह गरेकी छिन् ।
मिस वर्ल्डको मोबाइल एप डाउनलोड गरी सुबिनलाई भोट दिन सकिने छ ।

एन्ड्रोइडका लागि डाउनलोड गर्न यहाँ र एप्पलका लागि डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

लण्डनको एक्सेलमा सम्पन्न हुने ६४ औं संस्करणको मिस वर्ल्ड प्रतियोगितामा १ सय २० मुलुकका सुन्दरीविच प्रतिस्पर्धा हुँदैछ । मिस वर्ल्डको अन्तिम राउण्डमा नेपाली ढाकाको पोशाकमा प्रस्तुत हुने योजनामा रहेकी सुविनले आत्मविश्वास बढेको बताइन् ।
(अनलाइन खबरबाट साभार)

About The Author

Loading...

अन्य समाचारहरु: