Sat. Jul 5th, 2025

लोप हुन लागेको गुफाको संरक्षणमा स्थानीयको चासो

२५ मंसिर धादिङ- लोप हुन लागेको गुफा संरक्षणमा धुषका स्थानीयबासीहरुको सक्रियता बढेको छ ।

धादिङको धुषा गाँउ विकास समिति वडा नम्बर ४ दुङबाङ स्थित लोप हुन लागेको नोहक लुकगुफा संरक्षणको लागी स्थानियवासी एक भएका छन् ।
गुफा संरक्षणको लागी स्थानियवासी मात्र नभई विभिन्न संघ संस्थाले पनि चासो दिन थालेको छ । कार्तिकको २४ गतेदखी सुरु गरिएको गुफा पुननिर्माणको काम सकिएको जानकारी गराइएको छ  ।

 
स्थानियवासीको श्रमदान र नेपाल पर्यटन बोर्ड टान काठमाण्डौंको १ लाख ५० हजार आर्थिक सहयोगमा गुफाको निर्माण कार्य सम्पन्न भएको हो । गुफाको संरक्षण, सम्वद्र्धन र पर्यटकिय क्षेत्रको विकासको लागी गुफा पुननिर्माण गरिएकोे स्थानिय चामबहादुर चेपाङले बताउनुभयो ।

 
चरौंदीबाट ५ घण्टाको समयमा पुग्न सकिने गुफाको १ किलोमिटरको बाटोमा सिढिं निर्माण गरिएको छ । त्यसैगरी गुफा वरिपरि विभिन्न चेतनामुलक व्यानर तथा होडिङबोर्ड, चौतारा, शौचालय, खानेपानिको धारा निर्माण गरिएको चेपाङले जानकारी दिनुभयो ।

About The Author

अन्य समाचारहरु: