Sat. Jul 27th, 2024

आठ वर्षे बालकले निर्देशन गरेको फिल्म आजदेखि

Nepali-movie-Love-You-Baba-Saugat-Bista-copy1

 

२६ मंसिर, काठमाडौँ – आठ वर्षे वालक सौगात विष्टले निर्देशन रहेको चलचित्र ‘लभ यु बाबा’ आजदेखि सिनेमा हलहरुमा भएको छ ।

 
नायक गजित विष्टका छोरा सौगातले निर्देशन गरेको यो फिल्ममा गजित विष्ट, निश्मा घिमिरे, आशिष्मा नकर्मी लगायतले अभिनय गरेका छन् ।
दुई घण्टा २६ मिनेटको यो फिल्म उमेर पुगेका निर्देशकले बनाएको भन्दा राम्रो भएको प्रतिक्रिया केही चलचित्रकर्मीले दिए ।

 
सौगातले फिल्म बनाएको चर्चा चलिरहँदा कतिले उनलाई जर्बजस्ती निर्देशक बनाइएको आरोप समेत लगाए ।
‘मलाई कसैले जर्बजस्ती काम गराएको होइन ।’ आरोपको प्रतिबाद गर्दै उनले भने-‘आफ्नै रहरले निर्देशन गरेको हुँ ।’

 
सौगातका पिता गजितले सुरुमा छोराले निर्देशन गर्छु भन्दा आफैले हाँसोमा उडाएको भए पनि पछि उसको लगन देखेर निर्देशक बनाउने योजना बनाएको बताए ।
सौगातलाई बिश्वकै सवैभन्दा कान्छो निर्देशकका रुपमा गिनिज बुकमा नाम लेखाउने तयारीसमेत भइरहेको उनले जानकारी दिए ।

 
शुक्रवारदेखि नै हाँस्य कलाकार पुरन थापाको निर्देशन रहेको अर्को चलचित्र ‘कान्छी मट्याङ मट्याङ’ पनि प्रदर्शन हुँदैछ ।
उक्त चलचित्रमा जय किशन बस्नेत सारिका घिमिरेले मुख्य भुमिका निर्वाह गरेका छन् ।

(अनलाइन खबरबाट साभार)

(अनलाइन खबरबाट साभार)
(अनलाइन खबरबाट साभार)
(अनलाइन खबरबाट साभार)

About The Author

Loading...

अन्य समाचारहरु: