२६ फागुन, काठमाडौं – कौग्रेसमा सुशील कोइराला र शेरबहादुर देउवाका प्रस्ट र बलियो गुट थिए । नेतात्रयका रुपमा रामचन्द्र पौडेलको नाम आउने गरे पनि उनको छुट्टै गुट थिएन ।गिरिजाप्रसाद र सुशीलसँग टक्क्र लिएर वैकल्पिक नेताको छवि बनाएका देउवाले यसपालि हरेक प्रतिनिधिलाई नामबाटै सम्बोधन गरेर पत्रसमेत लेखे ।
सुशीलको निधन पछि कार्यवाहक सभापति बने, तर संस्थापनका सबैलाई मान्ने नेता हुन सकेनन् ।
कार्यवाहक सभापति भइसककेपछि पनि पौडेलले संस्थापन पक्षका नेताहरुलाई जोगाउन सकेनन् । संस्थापनमै रहेका अर्जुननरसिंह केसी, कुलबहादुर गुरुङ, गोविन्दराज जोशी लगायतका नेताहरु देउवातिर लागेपछि पौडेल स्वत कमजोर भए ।
संस्थापन पक्षकै सिटौला सभापतिमा विद्रोही उम्मेदवार बने । देउमा समूह एकजुट रुपमा देउवाको लागि मत माग्न व्यस्त थिया । तर, पौडेलले समूहमै महत्व पाएनन् । उनका पक्षका उम्मेदवार आफूलाई मात्र मत मागिरहेका थिए । नयाँ पत्रिकाबाट