Sat. Jul 27th, 2024

सामाजिक शिक्षकलाई आप्रवासन अभिमुखिकरण

 

aprabasan copy

२७ मंसिर, धादिङ  – धादिङ जिल्लाका विभिन्न २२ वटा विद्यालयका माध्यमिक तहमा सामाजिक विषय अध्यापन गराउने शिक्षकहरुलाई सुरक्षित आप्रवासन सम्बन्धि जानकारी गराउने उद्देश्यले २ दिने अभिमूखिकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

 
आवाज अभियान नेपाल र हेल्भेटास स्वीस इन्टरको अपरेसनको साझेदारीमा संचालन भएको सुरक्षित आप्रवासन(सामी)परियोजनाको तर्फबाट कार्यक्रमको आयोजना भएको हो । सहजीकरण सामी हेल्भेटासको तालिम तथा व्यवस्थापन अधिकृत सनत प्रसाद सापकोटा, जिल्ला परियोजना संयोजक कमल रोकाए, जिल्ला शिक्षा अधिकारी गणेश प्रसाद ढकालले सहजीकरण गर्नुभएको थियो ।

 
अभिमुखिकरण कार्यक्रममा आप्रवासन, श्रम आप्रवासनको विगत र वर्तमानको अवस्था, यसका चुनौति र अवसर आप्रवासनको जिल्लाको अवस्थिति गाँउघरको अवस्थिति विश्लेषण, शिक्षा क्षेत्रमा सुरक्षित आप्रवासनमा शिक्षकहरुको भूमिका, दिनुपर्ने सूचना चुनौति र सिमितताको बारेमा छलफल गरिएको थियो ।
सहभागीहरुले स्थानीय स्तरमा भएको वैदेशिक रोजगारीमा जादा भएका ठगीका घटनाको समुह कार्यबाट विश्लेषण गरीएको थियो । सहभागिहरुले आफनो कार्यक्षेत्रमा गर्ने योजना बनाएका थिए ।

 

सुरक्षित आप्रवासनका लागि विद्यार्थी मार्फत सूचनाहरु जानाकारी गर्ने, सेवा क्षेत्रका अभिभावक मार्फत सूचना दिने, घरदैलो अभियान गर्ने, बाल क्ल्व,हरुमा छलफल गराउने, भित्तेपत्रिकामा वैदेशिक रोजगारीलाई विषयलाई राख्ने, खवरपत्रिकाको खवरहरुबारे छलफल गर्ने योजनाहरु वनेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: