Sat. Jul 27th, 2024

औषधीका रुपमा प्रयोग गर्दै फापर

fapar

२८ मंसिर धादिङ केही वर्ष यता लोप हुँदै गएको फापर खेतीलाई दक्षिणी धादिङका किसानहरुले भने महत्वका साथ खेती गरिरहेका छन् ।

धादिङको महादेवस्थान गाविसका किसानहरुले धान, मकै, कोदो लगायतका अन्नबाली उत्पादन नहुने जग्गाहरुमा फापर खेती गरिरहेका छन् ।

छोटो समयमा उत्पादन दिने र नगदेबीलीको रुपमा पनि प्रयोग गर्न सकिने भएकोले दक्षिणी धादिङको विभिन्न गाविसका कृषकहरुले फापर खेती गर्दै आएका छन् ।
धादिङको उच्च पहाडी क्षेत्रहरुमा विशेषगरी मिठे, तिते र सेते जातका फापरको खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । विशेषगरी सहर बजारमा सुगर र युरिक एसिडका रोगीहरु धेरै भएकाले तिते फापरको माग धेरै हुने गरेको अगुवा कृषकहरुले बताएका छन् ।

फापर रुखो डाँडापाखा, पानी, मलको अभावमा पनि सजिलै उत्पादन गर्न सकिने किसानहरुले बताएका छन् । फापरलाई विभिन्न औषधीका रुपमा समेत प्रयोग गर्न सकिने जानकारहरु बताउँछन् । प्रोटिनयुक्त फापरको पिठोमा रगतमा कोलेस्टेरोल घटाउने र पित्तको पत्थरी हुनबाट बचाउने र यसको सेवनबाट मोटोपन पनि कम हुने चिकित्सकले बताएका छन् ।

तिते फापर सुगर र युरिक एसिडमा औषधीका रुपमा प्रयोग गर्ने गरिन्छ । तर, फापरको महत्व बुझ्न नसक्दा अधिकांश किसानहरुले फापर लगाउन छोडेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: