Sat. Jul 27th, 2024

संविधान बन्ने अहिलेसम्म कुनै लक्षण नै छैन : नेता वादल

Ram bdr thapa copy

२९ मंसिर, धादिङ -देशमा राजनीतिक संकट बढ्दै गएको र पार्टीहरु विचको अन्तर कलहका कारण आगामी माघ ८ गते नयाँ संविधान जारी नहुने नेकपा–माओबादीका महासचिव राम बहादुर थापा (बादल)ले बताउनु भयो ।

 
धादिङवेसीमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता थापाले माघ ८ मा संविधान जारी नभई बरु नयाँ नेतृत्वमा नयाँ सरकारी चाहिँ बन्ने बताउनु भयो । कार्यक्रममा नेता बादलले संविधान सभाले देशको राजनीतिक संकट र  समस्यालाई हल नगरी बरु उल्टै समस्या पल्जाउने काम गरेको आरोप समेत लगाउनु भयो ।

 
पहिलो संविधानसभा संयन्त्रमूलक रुपमा त्यागेको र अहिले नक्कली संविधान निमार्ण गर्न लागेको आरोप  लगाउदै नेता बादलले नेपाली जनतालाई आश्वासनमा नपार्न अरु राजनीतिक पार्टीलाई चेतावनी समेत दिएका छन् ।

 
सत्तामा भएका पार्टीहरुले संविधान बन्ने दावी गर्दै आएको भए पनि देशमा जनताको चाहना अनुरुपको नयाँ संविधान बन्ने अहिलेसम्म कुनै लक्षण नै नदेखिएको नेता थापाले दावी गर्नु भयो ।

 
अहिलेको राजनीतिक सभाको संकट समाधानका लागी सर्व पक्षिय राजनीतिक सभाको गठन पछि मात्र राजनीतिक संकट समाधान गर्न सकिने र अनिमात्र देशले जनताले चाहे अनुरुपको संविधान पाउने बताउनु भयो ।

 
हिजोका यथास्थितिवादी, प्रतिगामी शक्तिहरु फेरि पनि राजनीतिकमा हावी भएको भन्दै त्यस्ता निर्दयीहरुले जारी गरेको संविधान आफूहरुलाई मान्य नहुने बताउँनुभयो ।
देशमा रित्तिदै गएको संकटले ०६२/०६३ को आन्दोलन निम्त्याउन समय नलाग्ने भन्दै अब पार्टीले ऐतिहासिक आन्दोलनलाई अघि बढाउने तय गरिसकेको पनि उहाँले जानकारी दिनुभयो ।

About The Author

Loading...

अन्य समाचारहरु: