Sat. Jul 27th, 2024

भन्सारले सिलबन्दी गरेको कन्टेनरमा २३ किलो सुन

१ पुस, काठमाडौं । तातोपानी भन्सारबाट सिलबन्दी भई काठमाडौ जाँदै गरेको ना २ ख ५०५८ नम्बरको कन्टेनरबाट भक्तपुरको जगाती प्रहरीले सोमबार राति ११ बजे २३ किलो सुन बरामद गरेको छ ।

सिन्धुपाल्चोक र काभ्रेका विभिन्न चेकपोष्ट पार गर्दै काठमार्डौ भित्रिने क्रममा सो कन्टेनरबाट प्रहरीले सुन बरामद गरेको हो । अरनिको राजमार्गमा रहेका दर्जनौं चेकपोष्टमा सो कन्टेनर इन्ट्री भए पनि भक्तपुरको जगातीसम्म छिर्न उक्त कन्टेनर सफल भएको थियो ।

चालक बस्ने सिट नजिकै प्लास्टिकभित्र सुन राखिएको अवस्थामा प्रहरीले सुन नियन्त्रणमा लिएको थियो । कन्टेनरमा अरु पनि सुन हुने आशंकामा प्रहरीले कन्टेनर नियन्त्रणमा लिएको छ ।

भन्सारको भूमिका शंकास्पद

भन्सारले सिलबन्दी गरेको गाडी प्रहरीले खोल्न पाउँदैन । सिलबन्दी गरेको गाडी खोल्नुपरेमा राजश्व अनुसन्धान विभागका कर्मचारीलाई बोलाउनुपर्छ ।

तर, जगाती प्रहरी कार्यालयका प्रमुख डीएसपी किरण रानाले सिलबन्दीबाट नभई गाडीको अगाडि सिटबाट सुन बरामद गरेको दाबी गरे । ‘हामीलाई प्राप्त सुराकीका आधारमा यो सुन बरामद गरिएको हो, सिलबन्दी गरेको ठाउँबाट खोलिएको होइन’ उनले अनलाइनखबरसँग भने ।

 आफ्नो सुराकी बलियो रहेछ भन्दै डीएसपी रानाले यसबारे विस्तृत विवरण सार्वजनिक गरिने बताए ।

कन्टेनर शिलबन्दी भएकाले राजश्व अनुसन्धान विभागलाई बुझाउने तयारी गरेको भक्तपुर प्रहरीले जानकारी दिएको छ । प्रहरीले चालक र सहचालकलाई पनि नियन्त्रणमा लिएको छ ।

निजी सवारी साधनमा यसअघि सुन तस्करी हुने गरे पनि भन्सारले सिलबन्दी गरेकै कन्टेनरमा सुन बरामद भएको पहिलो पटक हो ।

 सिन्धुपाल्चोक र काभ्रेले समात्न नसकेको सुन भक्तपुर प्रहरीले बरामद गरेपछि यतिबेला दुबै जिल्लाका प्रहरीमा हलचल सुरु भएको छ । चेकपोष्टमा रहेका प्रहरी र सिलबन्दी गर्ने भन्सारका कर्मचारी शंकाको घेरामा तानिएका छन् । अनलाइन खबरबाट

 

About The Author

Loading...

अन्य समाचारहरु: