Sat. Jul 27th, 2024

प्रभावकारी परियोजना

baithak

 

धादिङ- धादिङको विभिन्न ठाँउहरुमा सञ्चालन भएको साना किसान उद्यम सवलिकरण परियोजना प्रभावकारी भएको सरोकारवालाहरुले बताएका छन् ।
हेफर इन्टरनेशनलको सहयोगमा साना किसान उद्यम सवलिकरण परियोजनाले साना किसानहरुमा सामूहिक रुपमा कार्य गर्ने बानीको विकाससंगै उन्नत पशु व्यवस्थापन प्रविधिको अवलम्बन गर्दा आम्दानी समेत वृद्धि भएको परियोजना सञ्चालन गर्ने संस्थाका प्रतिनिधिहरुले बताएका छन् ।

उन्नत पशु व्यवस्थापन प्रविधिको अवलम्बन गरी साना किसानहरुको जीवनस्तरमा सुधार ल्याउन सञ्चालन भएको परियोजना धादिङको केवलपुर, चैनपुर, छत्रेदेउराली, साविकको मुरलीभञ्ज्याङ लगायतका गाउँ विकास समितिहरुमा सञ्चालन भइरहेकोे छ ।

जिल्ला परियोजना सल्लाहकार समितिका संयोजक एवं धादिङका स्थानीय विकास अधिकारी रुद्रस्रिह तामाङले साना किसानहरुमा सामाजिक पुँजीको विकास हुनु, कृषिको उत्पादन तथा उत्पादकत्वमा वृद्धि हुनु, कृषि क्षेत्रमा युवाहरु आकर्षित हुनु, परियोजनाको उपलव्धि भएको बताउनु भयो ।

 

सदरमुकाम धादिङबेसीमा आयोजना भएको परियोजना सल्लाहकार समितिको बैठकमा संयोजक तामाङले परियोजना सञ्चालन गर्न जिल्ला विकास समिति र गाउँ विकास समितिहरुले महत्वपूर्ण भूमिका खेल्लन सक्ने धारणा पनि राख्नुभएको थियो । बैठकमा धादिङमा साना किसान उद्यम सवलिकरण परियोजना सञ्चालन गरिरहेका संस्थाहरु श्रोत पहिचान तथा व्यवस्थापन समाज रिम्स, सामुदायिक उत्थान पद्धतिका लागि मञ्च फोकस, एक्सन नेपाल, प्रयत्नशील सामुदायिक विकास समाज प्रयास, महिलाका निम्ति महिला मञ्च र सहयात्री समाज नेपालका प्रतिनिधिहरुले आआप्mनो कार्य क्षेत्रमा भएका कामहरुको प्रगति प्रस्तुत गरेका थिए ।

 

बैठकमा हेफर इन्टरनेशनल नेपालका क्षेत्रिय कार्यक्रम संयोजक प्रेमकुमार सयाम्बो र कार्यक्रम अधिकृत टुरदेव अधिकारीले परियोजना सञ्चालनको लक्ष, उद्देश्य र प्रगतिबारे सरोकारवालाहरुलाई जानकारी गराउनु भएको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: