Sat. Jul 27th, 2024

पुरानै विवादमा अल्झियो संविधानसभाको बैठक

Nepal_CA_Building_262005943

काठमाडौं -संविधानसभाको बैठकमा आज पनि संवैधानिक समितिको प्रतिवेदनमाथि छलफल भएको छ। विभिन्न दलबाट सभासद्हरुले बोल्ने क्रम जारी छ।

कांग्रेस, एमाले, एमाओवादी तथा मधेसी दलका सभासद्हरुले पुरानै अडान प्रस्तुत गर्दै आरोपप्रत्यारोप गरेका छन्।मंगलबार नेपाली कांग्रेसको तर्फबाट नरहरी आचार्य, एमालेबाट विद्या भण्डारी, एमाओवादीबाट हरिबोल गजुरेल, मधेसी जनअधिकार फोरमबाट उपेन्द्र यादवले बोलेका छन्।

कांग्रेस र एमालेबाट बोल्ने सभासद्हरुले संविधान लेखनका विवाद अब सभामा आइसकेकोले प्रक्रियाबाट टुंगो लगाउनुपर्ने माग राखेका छन् भने एमाओवादी तथा मधेसी दलका सभासद्हरुले प्रतिवेदन समितिमा फिर्ता पठाएर सहमति खोज्नुपर्ने अडान राखेका छन्।

संविधानका मूल मुद्दामा दलहरुबीच सहमति जुट्न नसकेपछि संवैधानिक समितिका सभापति डा। बाबुराम भट्टराईले विवादको विवरणसहितको प्रतिवेदन मंसिर २४ गतेको संविधानसभाको बैठकमा प्रतिवेदन पेस गरेका थिए।यो प्रतिवेदन उनले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई मंसिर १९ गते बुझाएका थिए। प्रतिवेदनको तयारी दलहरुबीच विवाद बढेपछि मंसिर १७ गतेको संवैधानिक समितिको बैठकले प्रतिवेदन तयार गर्ने जिम्मा स्वविवेकीय अधिकारसहित बाबुरामलाई दिएको थियो।

(अन्नपूर्ण अनलाइनबाट साभार)

About The Author

Loading...

अन्य समाचारहरु: