Sat. Jul 27th, 2024

संविधानसभामा जलाउने र गलाउने बहस

२ पुस, काठमाडौं – संविधानसभामा प्रमुख दलका नेताहरुबीच नयाँ संविधान जारी गर्ने विधी र प्रक्रियालाई लिएर चर्को आरोप प्रत्यारोप चलेको छ ।

कांग्रेस-एमालेले सहमतिका नाममा सबैलाई फकाउन थाल्ने हो भने १० वर्षमा पनि संविधान नबन्ने भन्दै विपक्षीलाई गलाउने तर्क गर्दैछन् ।
एमाओवादी तथा मधेसवादी दलका सभासदले भने बहुमतीय संविधान जारी गरे डढेलो लगाइदिने चेतावनी दिएका छन् ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमाथिको छलफलका क्रममा सत्तापक्षीय कांग्रेसर एमालेका सभासदहरुले प्रक्रियामा जान माग गरेका छन् ।

एमाले उपाध्यक्ष एवं सभासद युवराज ज्ञावलीले संविधानसभामा सबैको सहमति सम्भव नरहेको र अझै १० बर्ष प्रयास गरेपनि सर्वसम्मत संविधान नआउने दावी गरे । ज्ञवालीले प्रतिवेदनलाई फेरि संवाद समितिमा पठाए माघ ८ मा संविधान नबन्ने बरु संविधानसभा नै असफल हुने खतरा रहने चेतावनी दिए ।

नेपाली कांग्रेसका सभासद चन्द्र भण्डारीले सहमति हुन नसके दुई तिहाइ बहुमतका आधारमा निर्णय गर्नुपर्ने बताए । त्यो पनि नभए मुलभुत बिषयमा जनमत संग्रहमा जानुपर्ने उनको धारणा थियो ।

एमाओवादीका सभासद जनार्दन शर्माले संविधानसभाबाट विद्रोहलाई जन्म नदिन कांग्रेस र एमालेलेलाई आग्रह गरे । दुई तिहाइले हस्ताक्षर गरेर संविधान जारी गर्न चुनौति दिँदै उनले त्यस्तो भए डढेलो लगाउने बताए ।

राप्रपा नेपालकी सभासद कुन्तीकुमारी शाहीले संघीयता गणतन्त्र र धर्मरिपेक्षताका बिषयमा जनमत संग्रहमा जानुपर्ने धारणा राखिन् ।

छलफलमा भाग लिँदै फोरम लोकतान्त्रीकका सभासद जितेन्द्र देवले अल्पमतलाई बेवास्ता गरेर संविधान जारी भए भोलिपल्टै जल्ने चेतावनी दिए ।

 

(अनलाइनखबरबाट साभार)

About The Author

Loading...

अन्य समाचारहरु: