Sat. Jul 27th, 2024

सेवा लिन सेवाग्राही सम्मेलन स्थलमै

sachp 4

३ पुस, धादिङ – मैदी गाँउ विकास समितिको जोगीटारका विष्णु नेपाली श्रीमतीको नागरिकता वनाउनको लागि भनेर सदरमुकाम आएका थिए । नागरिकताको सिफारिस वनाउन सदरमुकाममा रहेको गाविसको सम्पर्क कार्यलय खोज्दै हिँडेका उनले मैदी गाविस को सम्पर्क कार्यलय त फेला पारे तर सचिवलाइ भने भेट्न सकेनन ।

sachp 3

गाविस कै प्राविधिक सहायकले नागरिकताको सिफरिस पत्र त लेखिदिए पनि सचिवको हस्ताक्षर गराउन उनी फेरी सदरमुकामको जिविका होटलमा सचिव खोज्दै आइपुगे । जहाँ २ दिनदेखि प्रथम जिल्ला सरसफाइ सम्मेलन चलिरहेको थियो । सम्मलेनमा अधिंकास गाँउ विकास समितिका सचिवहरु सहभागी भएका थिए । कार्यलयको कामलाइ नै छोडेर सचिवहरु सरसफाइ सम्मलेनमा सहभागी हुँदा सेवाग्राहीहरु भने सचिव खोज्नको लागि भनेर सम्मलेन स्थलमा भौतारिरहेका थिए ।

अलि टाठावाठाहरु सम्मलेन स्थलसम्म आएर सचिवलाइ सही गराएर फर्किरहदा सोझासिधा सर्वसाधारणहरु सम्मेलन स्थलमा सचिव फेला पार्न नसकेर वाहिरै कुर्न वाध्य भएका थिए ।

sachap 1
हलभित्र सम्मेलन चलिरहँदा हल बाहिर भने सचिव खोज्दै आएका विभिन्न गाँउ विकास समितिका सेवाग्राहीहरुको बाक्को उपस्थिति थियो । सल्यानकोटवाट विद्युत मिटरको लागि सिफारिस पत्र वनाएर पनि सचिवका हस्ताक्षर गराउन भनेर आएका सल्यानकोटका अर्जुन विसुन्के सचिवलाइ समयमा भेट्न नपाएकाले आफ्नो काम नै प्रभावित भएको बताए । उनले भने, गाँउ विकास समितिको कार्यलय पनि सदरमुकाम मा नै छ गाविसले दिने सेवा लिन पनि सदरमुकाम नै आउनु पर्छ । १ दिन लगाएर सचिव खोज्दै सदरमुकाम आएपनि सचिवहरु भने सभा समारोह र सम्मलेन हिडिदिदा सेवाग्रहीलाइ साह्रै समस्या पर्ने गरेको छ ।’
कतिपय गाँउ विकास समितिका सचिवहरुले सम्मलेन स्थलवाट वाहिर आएर सेवाग्रहीको काम गरिदिए पनि केही सचिवहरुले अहिले काम गर्न मिल्दैन भनेर फर्काइदिएको सेवाग्रहीले बताएका छन । कुम्पुर गा वि स वाट नागरिकता वनाउन आएका राम कुमार वि. क ले भने, ‘विहान फोन गरेर सोध्दा आउनु भने । अहिले फोन स्वीच अफ गरेर वसेका छन । सचिव नयाँ आएका भनेका छन, कुन हो, को हो केही थाहा छैन ।’ सिफारिस पत्रमा सही गराउन नपाएकाले उनी नागरिकता वनाएर घर फर्कन ढिलो हुने गुनासो गरिरहेका थिए ।

sachap 2
सदरमुकाम धादिङवेसीमा २ दिने भएको सरसफाइ सम्मेलन चलिरहदा सवै सचिवहरु सम्मेलनमा सहभागी भएकाले गाउँवाट आएका सेवाग्रहीहरुले आफुहरुको काममा ढिलासुस्ती भएको गुनासो गरेका छन ।
सन् २०१६ सम्ममा जिल्लालाइ खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने अभियान अनुरुप सम्मेलन आयोजना गरिएको र गाँउ विकास समितिका सचिवहरु अनिवार्य उपस्थित हुनेपर्ने भएका कारण यस्तो समस्या आइपरेको कटुन्जे गाँउ विकास समितिका सचिव सिताराम घिमिरेले बताएका थिए । कार्यलय समयमा कार्यक्रमको आयोजना भएको र अनिवार्य उपस्थित हुनुपर्ने भएकाले सेवाग्राहीहरुलाइ समस्या परेको उनको भनाइ थियो ।

sachp 5

 

 

 

About The Author

Loading...

अन्य समाचारहरु: