धरान- चाउचाउका खोल, प्रयोग भइसकेको जिन्सको कपडा र ब्याण्डेजवाट बनाइएका आकर्षक डे्रसमा धराने सुन्दरीले क्याटवाक गरेका छन् ।
इष्ट एसियन कलेज अफ टेक्नोलोजीमा अध्ययनरत विद्यार्थीहरुले फालिएका बस्तुहरुबाट तयार गरिएका कपडाहरुको फेसन शो आयोजना गरेका छन् ।
धरान १५ बाँझगरामा आयोजित फेशन शोमा कलेजका पहिलो ब्याजका विद्यार्थीहरुले कागज, चाउचाउका खोल, ब्याण्डेज, प्रयोग गरिसकेको जिन्सका कपडाबाट बनाईएका आकर्षक पहिरनहरु प्रस्तुत गरेका थिए ।
फेसन डिजाइन सम्बन्धि अध्ययन गरिरहेकी ड्रेस डिजाइनर विद्यार्थी सोनी थापाले दैनिक जिवनमा प्रयोग गरिहेका विभिन्न बस्तुहरुलाई पुनः प्रयोग गर्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको बताईन् ।
उनिहरुले बनाएको डिजाईनमा विषेश गरी चकलेट, चाउचाउका खोल, रंगिन कागजहरु प्रयोग गरिएको थियो । कलेजका विद्यार्थीहरु उमा घिमाल ९इटहरी० कल्पना गुरुङ धरान, मेनुकादेवी तामाङ रिमेश न्यौपाने, सुजाता तामाङ (इटहरी), रोमी गुरुङ (इटहरी0, सुनिता राई (पथरी), लक्ष्मी राई, टिना लिम्बू, भोलादेवी लिम्बू, विकास खड्का (दमक)ले ड्रेस डिजाईन गरेका थिए ।
(अनलाइनखबरबाट साभार)
फालिएका कपडामा सुन्दरीको क्याटवाक
-
3 hours ago pabil news
-
4 hours ago pabil news
-
4 hours ago pabil news
-
3 hours ago pabil news
-
4 hours ago pabil news
-
4 hours ago pabil news