Sat. Jul 27th, 2024

बौद्धमार्गीहरुको गन्तव्य वन्दै महाअष्ट चैत्य

४ पुस, धादिङ-धादिङको उत्तरी क्षेत्रको सेमजोङमा निर्मित महाअष्ट चैत्य सर्व–साधारणका लागि पनि खुल्ला गरिएपछि वौद्धमार्गीहरुका लागि नयाँ गन्तव्य वनेको छ ।

???????????????????????????????
सेमजोङ गाँउ विकास समिति वडा नं १ मा रहेको अष्ट चैत्य भगवान गौतम वुद्धले जीवनमा संसारका आठ ठाँउमा गरेका चर्चित आठ कार्यहरुको प्रतिक स्वरुप निमार्ण गरिएको हो । एकैठाँउमा आठ वटा चैत्यहरु वनाइएपछि एक ठाँउमा दर्शन गर्नाले नै सवै ठाउ गए वरावरको पुण्य मिल्ने वौद्धमार्गीहरुको विश्वास रहेको छ ।
भगवान गौतम वुद्धले वद्धत्व प्राप्त गरेपछि ४५ वर्षसम्म गरेको धर्मदेशना पश्चात प्राणीहितका लागि गरेका हजारौ कामहरुमध्ये संसारभर गरेका उत्कृष्ट आठवटा कामहरुको संझनाका लागि जुनजुन ठाउमा काम गर्नुभएको थियो त्यही त्यही ठाउमा चैत्यको निर्माण गरिएको थियो । त्यही आठवटा चैत्यहरुको प्रतीक स्वरुप अहिले धादिङ जिल्लाको सेमजोङ गाउ विकास समिति वडा नं १ मा वाकाराह क्षेत्रमा ती आठ वटै ठाउहरुको माटो मिसाएर एकैठाउमा महाअष्ट चैत्यको निर्माण गरेपछि नेपालमा वौद्ध धर्मालम्वीहरुको लागि नया गन्तव्य थपिएको हो ।

SONY DSC
यी अष्ट चैत्यहरुमा वुद्धको अष्तुहरु मिसाइएकाले साक्षात वुद्धको दर्शन गरेवरावरको पुण्य मिल्ने वोद्ध धर्ममा नै विद्यावारिधी गर्नुभएका डाक्टर खेम्पो पेमा साम्वाले वताए । उनले भने, ‘वुद्धको जन्मदेखि महापरिनिर्माणसम्मका उत्कृष्ट कार्यहरुको सम्झना स्वरुप चैत्यहरुको निर्माण गरिएको हो । वुद्धको महापरिनिर्माणको वेला उहाँको आत्मा आठवटा भागमा टुक्रा भएको र ती आठै टुक्राका अस्तुहरु चैत्यमा मिसाइएको छ । यस चैत्यमा दर्शन गर्नाले साक्षात वुद्धकोदर्शन गरेबरावरको पुण्य मिल्छ ।’
वि सं २०६२ साल देखि ज्यम्पलदोर्जे डुवखाङ योगाश्रम गुम्वा र वौद्ध पाठशालाको निर्माण गरिएको थियो । अहिले सोही स्थानमा विश्व शान्ति र नेपाल राष्ट्रको कल्याणका तथा सम्पुर्ण प्राणिहरुको कल्याणको कामना गर्दे यी अष्ट चैत्यहरुको एकै ठाउमा निर्माण गरिएको छ । ‘पहिले एउटा सानो गुम्वा थियो, त्यसपछि गुम्वालाइ बौद्धपाठशाला वनाइयो । अहिले सवैको सरसहयोगवाट महाअष्ट चैत्यको निर्माण गरिएको छ । अव निकट भविष्यमा नै बुद्धको अनेक रुपहरुको वुद्ध मुर्ति सहित वाकाराह क्षेत्रलाइ दोस्रो नमोवुद्ध पर्यटकिय क्षेत्र वनाउने अभियानमा छौ ।’ अष्ट चैत्य निर्माण समितिका संयोजक एव नेपाल अहिंशावादी वौद्ध धर्म विश्व शान्ति चक्र संघ धादिङका संयोजक धनसुर वाइवाले वताए ।
वुद्धका अस्तुहरु समावेश गरेर वनाइएका यस्ता अष्ट चैत्यहरुको एकसाथ दर्शन गरे प्राणीजगतले चट्याङ, भुइचालो र प्राकृतिक प्रकोपहरुको विपत्ति खेप्न नपर्ने तथा  कल्प–कल्प सम्मको पाप पखालिने धार्मिक विश्वास वौधधर्म ग्रन्थहरुका रहेको लामागुरुहरु वताउछन । इलामको लक्ष्मीपुर गाउ विकास समिति वडा नं २ देखि अष्ट चैत्य कै दर्शनका लागि आएका लाङ दोर्जे लामाले भने, ‘संसारका विभिन्न ठाउहरुको चैत्य घुम्न जान सकिदैन, एकैठाउमा सवै चैत्यहरुको निर्माण भएकाले यहाँ दर्शन गरेपछि सवै ठाउ वरावरको पुण्य मिल्छ ।’

SONY DSC

About The Author

Loading...

अन्य समाचारहरु: