Mon. May 19th, 2025

कार्यान्वयन भए नेपालको संविधान विश्वकै उत्कृष्ठ

sambidan-karyanan१८ बैशाख, धादिङ  – बनाउनेले नै कार्यान्वयनमा जाने तत्परता देखाए नेपालको संविधान कार्यान्वयन र राष्ट्र निर्माणमा समस्या नहुने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।

संविधानसभाले निर्माण गरेको संविधान लागूभएको ७ महिना वितिसक्दा पनि कार्यान्वयनमा नजानु संविधान बनाउनेहरुले तत्परता नदेखाए.उनुको परिणाम भएको उनीहरुको भनाई छ ।

नेपाल समसामयीक अध्ययन केन्द्रको आयोजनामा भएको नेपालको संविधान र राष्ट्र निर्माण विषयक छलफल कार्यक्रममा संबैधानिक कानूनका विज्ञहरुले राम्रो कार्यान्वयन हुने हो भने विश्वकै उत्कृष्ठ संविधान नेपालमा बनेको धारणा पनि राखेका थिए । राष्ट्र निर्माणका लागि संविधानले पूर्ण रुपमा बाटो खोलेको बताउँदै संविधानमा केहि कमजोरी भए संशोधन गरेर समाधान गर्न पनि विज्ञहरुले सुझाव दिएका छन् ।

पूर्व राजदुत प्राध्यापक लोकराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा सांसद गुरुप्रसाद बुर्लाकोटीले संविधान कार्यान्वयनमा बनाउने मात्र इच्छाशक्तिले नपुग्ने भएकाले सबैपक्षको सहयोग आवश्यक रहेको बताए । सांसद बुर्लाकोटीले संविधान निर्माणमा ९० प्रतिशतभन्दा बढि नेपाली नागरिकको सहभागिता रहेको बताउँदै यो कुरा वहस र छलफलमा लैजान विज्ञहरुसंग आग्रह पनि गरे । संविभान समयानूकूल परिमार्जन गर्दै जान सकिने व्यवस्था संविधानले नै गरेकोले अहिलेका असन्तुष्ट पक्षका विषय पनि संशोधन मार्फत समेट्न सकिने पनि साँसद बुर्लाकोटीले बताए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक गणेशदत्त भट्टले नयाँ संविधानमा उल्लेख भएको सामाजिक समावेसिता, मौलिक हक र राष्ट्र निर्माणको विषय अत्यन्त राम्रो रहेको धारणा व्यक्त गर्नुभयो । कागजी रुपमा राम्रो भएपनि कार्यान्वयन राम्रो नभए राष्ट्र निर्माणमा समस्या रहने पनि भट्टले बताए ।

त्यसैगरी काठमाडौं विश्वविद्यालयका प्राध्यापक डाक्टर उद्धव प्याकुरेलले संविधानका असन्तुष्ट पक्षलाई समेत समेटेर लैजान सके संविधान कार्यान्वयनमा जान समस्या नहुने धारणा राखे । विगतका संविधानमा बनाउनेले नै कार्यान्वयनमा चासो नदेखाउँदा सफल नभएको बताए । पछिल्लो समयमा पनि संविधान बनाउनेले कार्यान्वयनमा चासो नदेखाएको भन्दै प्याकुरेलले फेरी पनि संविधान असफल हुन नदिन सबैसंग आग्रह पनि गरे ।

कार्यक्रमका अन्य सहभागिरुले नयाँ संविधान कार्यान्वयन हुन नदिन वाह्यशक्ति समेत सक्रिय रहेको बताएका थिए । नेपालका राजनीतिक र संवैधानिक विश्लेषकहरुले संविधान कार्यान्वयन र राष्ट्र निर्माणका विषयमा छलफल चलाउन पनि सहभागिहरुले आग्रह गरेका छन् ।

कार्यक्रममा धादिङका राजनीतिक दलका प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिहरु र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

About The Author

अन्य समाचारहरु: