Fri. Jul 4th, 2025

नेपाली चलचित्र पर्शुराममा पहिलो पटक ५० बढि घोडाहरु प्रयोग

ghodaनिशानदाजु भट्टराई / १९ बैशाख,  काठमाडौं – केन्द्र तथा स्थानीय कलाकारहरुको भूमिका रहेको बहुचर्चित चलचित्र पर्शुरामको सुटिङमा पहिलो पटक ५० बढि घोडाहरुको प्रयोग गरिएको छ ।

दाङमा छायांकन भइरहेको चलचित्रमा ठूलो संख्यामा एकैपटक घोडाहरु प्रयोग गरेर चलचित्रको सुटिङ गरिएको छ । चलचित्रका खलपात्र ध्रुवराज अधिकारीसहितका कलाकारहरुका लागि यति ठूलो संख्यामा घोडा प्रयोग गरिएको चलचित्रका निर्देशक एनआर घिमिरेले जानकारी दिए  ।

घोराही–१० स्थित गुम्वाको परिसरमा गरिएको सुटिङमा घोडाहरु प्रयोग गरिएपछि सुटिङ हेर्न स्थानीयबासीहरुको ठूलो लाम लागेको थियो । नेपाली चलचित्रमा एकदुईवटा मात्र घोडाहरु प्रयोग गरिएको भएपनि यति ठूलो संख्यामा चलचित्रमा एकैसाथ घोडाहरुको दृश्य देखाउन धेरै मेहनत गर्नु परेको निर्माता यादव सैघालीको भनाइ छ । दाङका विभिन्न स्थानमा रहेका घोडाहरुलाई घोराहीमा ल्याएर सुटिङ गरिएको थियो ।

हालसम्म चलचित्र पर्शुरामको ३० प्रतिशत सुटिङ सकिएको निर्माता महेन्द्र बुढाथोकीको भनाइ छ । नेपाली तथा हिन्दी चलचित्रहरु निर्माण गरि सक्नुभएका युवा निर्देशक एनआर घिमिरेको लेखन तथा निर्देशनमा बन्न लागि रहेको पर्शुरामको सबै छायांकन दाङमा हुनेछ । ब्ल्याक चिल्ली इन्टरटेनमेन्टको व्यानमार निर्माण हुन लागि रहेको चलचित्र पर्शुरामको छायांकनका लागि दाङका बजारहरु, यहाँका पर्यटकीय क्षेत्रहरुको प्रयोग गरिएको छ । केन्द्रीय कलाकारहरुका साथै दाङमा विभिन्न क्षेत्रमा ख्याती कमाएको व्यक्तिहरुको समेत मुख्य भूमिका रहेको पर्शुराम चलचित्रलाई राम्रो बनाउनका लागि विभिन्न नयाँ प्रयोगहरु समेत गर्ने तयारी निर्माण पक्षले लिएको छ ।

चलचित्रको सुटिङ र प्राविधिक काम एकमहिना भित्रमा नै सक्ने र आउँदो जेष्ठ या असार महिनामा चलचित्र रिलिज गर्ने तयारी गरिएको चलचित्रका निर्देशक घिमिरेको भनाई छ ।

About The Author

अन्य समाचारहरु: