Sat. Jul 27th, 2024

प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा गैह्रे निर्वाचित

Ram-Hari-Gaire


दोहा – प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा रामहरि गैह्रे अध्यक्ष चयन भएका छन् । मञ्चको शुक्रबार दोहामा भएको चौंथो अधिवेशनले गैह्रेलाई अध्यक्षमा चयन गरेको हो । कतारको विभिन्न सामाजिक संघसंस्थाको समेत कुशल नेतृत्व गरेका ग्रैह्रे प्रवासी नेपाली मञ्चको स्थापनाकालदेखि नै कतारमा सक्रिय छन् । निवर्तमान उपाध्यक्ष चानक पोखरेलले सर्वसम्मतिका लागि गैह्रेलाई समर्थन गरेका थिए ।

यसैगरी, उपाध्यक्षमा गणेश शिवा सर्वसम्मत निर्वाचित चयन भए । उपाध्यक्षका उम्मेदवार छविलाल विक प्यूठानीले उम्मेदवारी फिर्ता लिएपछि गणेश सर्वसम्मत भएका हुन् । सचिवमा हरि बस्नेत निर्विरोध निर्वाचित भए भने उपसचिवमा मुनाफ मियाँ सर्वसम्मत भए ।

यसैगरी, सदस्यहरुमा बालकृष्ण भित्रीकोटी, गोप बिक, रामसागर मेहता, जीयाबाबु खान, विकास परियार, लक्ष्मी किशोर श्रेष्ठ, जहरसिंह लामा, भिमकुमार लकान्द्री, प्रभात त्रिपाठी, सुभाष कार्की, खड्ग नेपाली, मन बहादुर कुवर, महेन्द्र बहादुर चन्द, बिजयबिक्रम बस्नेत, टोमप्रसाद बडाल, बिष्णु गौतम, दीपक सापकोटा, नवराज बिक, पूर्णबहादुर नेपाली, जितबहादुर सार्की, शालिकराम शर्मा, प्रेमराज राई र रामनाथ शर्मा चयन भएका छन् ।

निर्वाचित कमिटीलाई नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले सपथ गराएका थिए । निर्वाचनका लागि प्रेस चौतारी नेपालका सचिव गणेश पाण्डेको संयोजकत्वमा सागर नेपाल, पूर्ण केसी, उमेश अधिकारी र बिनोद भट्टराई रहेको कमिटी गठन गरिएको थियो । नवनिर्वाचित कमिटीलाई नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले शनिबार भेटी बधाई तथा कार्यकाल सफलताको कामना दिएका थिए ।

(अनलाइन खबरबाट साभार)

About The Author

Loading...

अन्य समाचारहरु: