Sat. Jul 27th, 2024

धादिङ महोत्सवमा १५ करोडको अपेक्षा

mela
सरिता श्रेष्ठ
६ पुस, धादिङ- मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सवमा १५ करोडको कारोबार हुने आयोजक संस्थाले जानकारी दिएको छ ।

सोमबारदेखि धादिबेसीमा सुरु हुने महोत्सवको मुख्य आकर्षकका रुपमा चिडिया घर र जनचेतनामूलक चलचित्र रहने भएको छ । ‘घरेलु उद्योग कृषि जलस्रोत पर्यटन प्रवद्र्धन, आर्थिक सम्बृद्धि हाम्रो अभियान’ भन्ने मुल नाराका साथ धादिङ उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवमा विभिन्न जङ्गली जनावर रहेको चिडियाघर र जनचेतनामूलक चलचित्रहरु प्रमुख आकर्षणका रुपमा रहने मेला आयोजक समितिले जनाएको छ ।

मेलामा प्रदर्शनको लागि अस्ट्रिज जातको चरा, गोही, अजिङ्गर लगायत अन्य जनवारहरु ल्याइएको छ । महोत्सवमा वाल उद्यान, घरेलु उद्योग तथा कृषि प्रदर्शनी, हस्तकलाका सामाग्री, पुरातात्विक तथा धार्मिक सामाग्री र रमाइलो मेला आकर्षणका रुपमा रहने छ । महोत्सवमा अटो मोबाइल, घरेलु उद्योग, कृषि जडिबुटि तथा सामाग्रीहरु बिक्रि र प्रदर्शनका लागि दुई सय भन्दा धेरै स्टलहरु बुकिङ भएको छ । धादिङबेसी स्थित रायटार प्लटिङमा हुने महोत्सव उद्घाटको दिन भोली प्रबेश खुल्ला गरिने र अन्य दिनका लागि साधारण ५० रुपैया र विद्यार्थीहरुका लागि ३० रुपैयाको टिकट व्यवस्था गरिएको धादिङ उद्योग वाणिज्य संघा प्रशासकिय अधिकृत रोहत भण्डारीले जानकारी दिनुभयो ।

पुष ७ गतेदेखि १७ गतेसम्म संचालन हुने महोत्सवबाट १५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । चिसो मौसम भएकाले होटल व्यवसाय, फेन्सी पसल तथा लत्ताकपडाको विक्रि बढ्ने र अटो मोबाइलको कारोबार बढ्न सक्ने आयोजकहरुले बताएका छन् । महोत्सवमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त लोक, आधुनिक तथा हाँस्य कलाकारहरुको समेत प्रस्तुति रहने छ ।

About The Author

Loading...

अन्य समाचारहरु: