३१ बैशाख, धादिङ –सदरमुकाम धादिङबेशीमा रहेको चिल्ड्रेनपार्क आवासिय उच्च माध्यामिक विद्यालय तथा सिपी कलेजका विद्यार्थीहरुले आज नेपालमा बढ्दो भ्रष्टाचारका विषयमा अन्तरक्रिया गरेका छन् ।
ट्रान्सपरेन्सी इटरनेसनल बङ्गलादेशबाट एक्चेन्ज फिलोका लागि नेपाल आउनुभएका महमद रोविउल इस्लाम तथा विद्यार्थीहरु विच भएको अन्तरक्रियामा शक्तिको दुरुपयोग, गरिबी, देखासिखी, गरिबी, नियमको सहि कार्यन्वयन नहुनु लगायतका कारण नेपालमा भ्रष्टाचारको न्युनिकरण हुन नसकेको निश्कर्ष विद्यार्थीहरुले निकालेका छन् ।
देशमा भ्रष्टाचार न्युनिकरणका लागि भ्रष्टाचार नगर्ने कुरामा आफु पनि प्रतिवद्ध हुने र समाजमा पनि यस विरुद्ध जनचेतना फैलाउने विद्यार्थीहरुले बताए । मानविय विकास तथा स्रोत व्यवश्थापन नेपाल हड्म्यानको व्यवश्थापनमा अन्तरक्रिया कार्यक्रम संचालन गरिएको हो ।