Mon. Apr 29th, 2024

हिंसा न्युनिकरणमा सामुहिक प्रतिवद्धता

index
जेठ ३, धादिङ- धादिङको उत्तरी क्षेत्रमा पर्ने बसेरी, बुढाथुम, मुलपानी, फुलखर्क, आगिन्चोक र सल्यानटारका सामाजिक अगुवाहरुले लैगिक हिंसा न्यूनिकरणका लागि सामुहिक प्रतिवद्धता जनाएका छन् ।

धादिङको आरुघाटमा आयोजित लैगिक समानताका लागि सामाजिक अभियान्ता प्रशिक्षण कार्यक्रममा सहभागी राजनीतिक दल, वडा नागरिक मञ्च, महिला संजालका प्रतिनिध, धामीझाक्री र समुदायका बुद्धिजिविहरुले यस्तो सामुहिक प्रतिवद्धता जनाएका हुन् ।

लैगिक हिंसा न्यूनिकरणका लागि यूवा र पुरुषको सक्रिय बढाउने उद्देश्यले नोराडको आर्थिक सहयोग तथा केयर नेपाल र साहास नेपालको साझेदारीमा संचालित भुकम्पसिघ्र जिविकोपार्जन पुर्नःस्थापना परियोजना अन्तर्गत शनिबार र आइतबार प्रशिक्षण दिइएको हो । प्रशिक्षण कार्यक्रममा मेल इन्गेज एलान्स नेपालका संयोजक कपिल काफ्ले र केयर नेपालका जेण्डर तथा प्रोटेक्सन अधिकृत वेवी शाहले सहभागीहरुलाई विषयवस्तुका बारेमा छलफल गराएको थिए ।

लिङ्गको आधारमा हुने हिंसाको बारेमा वर्साैदेखि कुरा गर्दै आएको भएपनि व्यवहारमा लागु गराउन नसकिरहेको बेला प्रशिक्षणले त्यस्ता कुराहरुलाई व्यवहारमा लागु गराउन आफुहरुलाई उत्प्रेरित गराएको कार्यक्रममा सहभागीहरुले बताएका छन् ।

भुकम्पसिघ्र जिविकोपार्जन पुर्नःस्थापना परियोजना अन्तर्गत भुकम्प पछि बढ्दो यौन दुव्र्यवहार, मानव बेचविखन, बालविवाह, बलत्कार र बोक्सी आरोप, बहुविवाहका विषयमा विभिन्न चेतनामुलक कार्यक्रमहरु पनि गर्दै आएको सहास नेपालका रुपा चौधरीले बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: