Sat. Jul 5th, 2025

बहिरा विद्यालयलाई अष्ट्रियाबाट सहयोग

help-astiya७ जेठ, धादिङ – धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको स्वाबलम्वी बहिरा प्राथमिक विद्यालयलाई अस्ट्रीयामा रहेको नेपालीहरुको संस्था हेल्पिङ ह्याण्डस नेप्लिज इन अष्ट्रियाले भौतिक पुर्वाधार निर्माणको लागि ४० हजार सहयोग गरेको छ ।

संस्थाले अष्ट्रियामा सामाजिक कार्यको लागि खानपान कार्यक्रम (ग्रील पार्टी) कार्यक्रम गरि संकलन भएको रकम धादिङमै सामाजिक क्षेत्रमा क्रियाशील सामाजिक सस्था हेल्पिङ ह्याण्ड्स फाउण्डेशन मार्फत स्वावलम्वी बहिरा प्राथमिक विद्यालयको भौतिक पुर्वाधार निर्माणको लागि सहयोग गरेको हो ।

हेल्पिङ ह्याण्ड्स फाउण्डेशन मार्फत विद्यालयको लागि आवश्यक पर्ने फर्निचर लगायतका सामानहरु निर्माण गरि विद्यालयलाइ प्रदान गर्नको लागि उक्त सहयोग रकम विद्यालयका प्रधानाध्यापक राम प्रसाद अधिकारी र हेल्पिङ ह्याण्ड्स फाउन्डेशनका अध्यक्ष सुमन परियारलाइ संयुक्त रुपमा हस्तातरण गरिएको हो ।

अव विद्यालयको स्थलगत निरीक्षण पश्चात तत्कालको लागि विद्यालयलाइ आवश्यक परेको भौतिक सामानहरु निर्माण गरि विद्यालयलाइ हस्तान्तरण गरिने फाउन्डेशनका अध्यक्ष परियारले जानकारी दिए । यस अघि पनि फाउण्डेशनकै पहलमा उक्त विद्यालयका विद्यार्थीहरुलाइ जाडोयाममा लत्ताकपडा सहित शैक्षिक सामाग्रीहरु वितरण गरिएको थियो । विद्यालयमा हाल विभिन्न जिल्लाका ६० जना बहिरा विद्यार्थीहरु आवासिय सुविधा सहित अध्ययन गरिरहेका छन् ।

About The Author

अन्य समाचारहरु: