११ जेठ, धादिङ – म आकाश चेपाङ । मेरो घर धुषा ४ दुङबाङ हो । म ३ कक्षा सम्म ४५ मिनेट बाटो भएर आफ्नै गाँउको स्कुल श्री जलदेवि प्राथमिक बिद्यालयमा पढें । जब ३ कक्षा पास भएं तब मेरो घरमा मेरो विवाह गर्ने भन्ने चर्चा चल्न थालेको छ भन्ने हल्ला सुनें । जस्तो सुने त्यस्तै साच्चै घरमा त मलाई विवाह गर्ने भनेर सामान जोरजाम गरिराख्नु भाको रहेछ । र मलाई बाबा ममीले विवाह गर्नु पर्छ बाबु भन्दै फकाउन आईराख्नु भाको रहेछ । सगै अंकल हरु पनि हुनुहुन्थ्यो म एक्लै थिंए ।
मैले भने म विवाह गर्दिन म पढ्छु पढेर ठुलो मान्छे बन्छु भने रोए कराए म ४ कक्षा पढ्नको लागी भागेर चितवन गए । ४, ५, ६, ७ कक्षा सम्म चितवन जिल्ला सिद्घि गाविस वडा नम्बर २ निबुवाटार को श्री कालिका माध्यमिक विद्यालयमा पढेँ अलि ठुलो भएसी म आफ्नै गाँउ फर्किए बाबा ममि सँगै बसे । ८, ९, १० कक्षा धुषा गा वि स वडा नम्बर ५ विधाङ को श्री कालिका माध्यमिक विद्यालय २ घण्टा बाटो हिडेर पढे । मंसिर महिना मा सिरेतो चल्छ सिरेतो संगै म पनि बाब जुध गर्दै अगाडी बढ्छे । जब एस.एल.सी को तयारीमा ट्युसन पढ्न जानु पध्र्याे विहान ४ बजे उठ्थ्ये र पाँच बजे सम्ममा ममिले खाना तयार पारि दिने हुन्ध्यो खाने खान्ध्ये र अध्यारैमा स्कुल जान्थेँ ।
ममिले भट्मास र मकै भुटेर खाजा झोलामा हाल्दिनु हुन्धयो बेलका साथिहरु सँगै मिलेर खाजा खाँदै फर्कन्थँे । घर पुग्दा बेलका ७ बज्थ्यो । बिच बाटो बाट १ घण्टा एक्कै घर पुग्थेँ । घर पुग्दा कहिले सिठा त कहिले अगुल्तो बालेर । अरु घरका मानिसहरु सबै सुति सक्थ्ये तर मेरा बाबा ममि अनि भाई र बहिनि मलाईनै कुरेर बस्नु हुन्थ्यो । म जब ४५ मिनेट बाटो नजिक पुगेसि घर बाटो बोलाउनु हुन्थ्यो राम्ररी आउ है आहा…हा हा ….भनेर कुर्लिनु हुन्थ्यो म निर्धक्क साथ घर पुग्थ्ये यसो गर्दा गर्दै एस.एल.सी पास भए ।
म एउटा गरिब परिवारमा जन्मेको कारणले म सँग पढ्न को लागी त्यति पैसा थिएन । त्यसैले म एस.एल.सी दिएर बिदा भएको समयमा ३ महिना पैसा कमाउनका लागी कुल्ली गए ३ महिनामा १५ हाजार जति मेरो कमाई भएको थियो । ति पैसाले नै स्कुलका ड्रेस किन्न खाद्यय सामग्री किन्न प्रयोग गरेँ । उच्च माध्यमिक विद्यालय अध्यन गर्न चन्द्रोदय उच्च माध्यमिक विद्यालय आएँ । ११ कक्षा अध्यन गर्दै गर्दा रेडियो धादिङका लागी एक जना कर्मचारी चाहियो भनेर विज्ञापन जस्तै एउटा सुचना प्रवाह भयो । चेपाङ समाचार लेखेर प्रतिस्पर्धा गरेर सरहरुद्वारा नै छनौट भएँ र रेडियो आएँ ।
२०७० सालमा म रेडियो धादिङमा आए जुन दिन देखिनै चेपाङ समाचार सगँै अरु कार्यक्रमहरु पनि अभ्यास गरिरहन्थ्ये र गितहरु पनि गाई रहन्थ्ये । गाउँदै जाने क्रममा २०७० साल फागुन महिना १ गतेबाट १५ गते सम्म फर्म भर्ने ब्यबस्था रहेको थियो । अन्तिम दिनमा १ वटा फर्म बाँकी रहेको थियो त्यै पर्म भर्न सबै साथिहरुले आग्रह गरे र फर्म भरँे । फागुन पहिना २८ गते आवाज परिक्षण भएको थियो आवाज पिरक्षण गर्दा टप ५ मा म पनि पर्न सफल भए । टप ५ मा पर्नेहरुको लागी भोट गरेर अनि आवाज परिक्षण गरेर अन्तिममा बिजेता बन्ने कार्यक्रम रहेको थियो ।
चैत्र २८ गते अन्तिम आवाज परिक्षण भनेर निर्धारित समय तोकेको थियो तर त्यो दिन हुन सकेन । त्यस दिन को समय वैशाख ४ गते सरियो र वैशाख ४ गते नै बिजेता घोषणा गर्ने कार्यक्रम पनि रहेको थियो । सोही कायक्रममा हाम्रो आवाज परिण गर्न बरिष्ठ संगितकार शरुरेस अधिकारी बरिष्ठ लोक गायिका विमा कुमारी दुरा र आधुनिक गायक लाल काजि श्रेष्ठ रहनु भएको थियो । साथै रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्मा दिब्य दर्शन टेलि भिजनका कार्यकारी निर्देशक पोषनाथ अधिकारी र विभिन्न सघं संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सहभागि सम्पुर्ण प्रतिनिधिहरुले सफलताको कामना गर्नु भएको थियो । म जब धादिङ तारा बिजेता भए तब मेरो चर्चा परि चर्चा भयो तर प्रमाण पत्र र धादिङ तारा भनेर लेखेको एउटा लोगो पाएँ ।
धादिङ तारा भनेर मलाई विभिन्न संघ संस्थाहरुले सम्मान गरे । आयोजक सिग्रीन मिडिया हावसले एउटा म्युजिक भिडियो बनाउने प्रस्ताब राखेको थियो तर आयोजकले भोलि गर्दिन्छु भन्दै एक वर्ष कुरायो तर ति सबै उद्देश्यहरु डामाडोल भए मैले जुन पुरसकार पाउँनु पर्ने हो त्यो मैले पाएन । सिग्रिन मिडिया हावसका कार्यकारी निदेर्शक तथा आयोजकका टिम लिडर सिसन तामाङले भोली भोली भन्दै ६ महिना बिताइयो । ३ महिना पछि सम्पर्क बाट टाढा भएसी मैले धादिङका पत्रकार सरहरु सगँ आफ्नो केही गुनासो राखे । अनि पत्रकार सरहरुले मेरो बारेमा समाचार बनाएर सञ्जार माध्यम तथा पत्र–पत्रिकाहरुमा हाल्दीनुे भयो । विभिन्न सञ्चार माध्यम तथा पत्र–पत्रिकामा खबर प्रशारण तथा प्रकाशन भएपछि सिसन तामाङले थाहा पाइ म इन्डीयामा छु छिट्टै फर्केर म हजुरको काम गरिहाल्छु भनेर भन्नु भयो तर मेरो काम कहिले पनि गर्नु भएन । सरहरु सगँ कुरा गरे सरहरुले भन्नु भयो हामीले त्यसलाई छोड्देउ अब तिमि आफ्नै सुर गर भन्नु भयो त्यस पछि मंसिर महिनामा प¥यो बिछोड हुन भन्ने गित सुनिता बाग्दास दिदि सगँ रेकर्ड गरे फागुन महिनामा भिडियो सुटिङ भएको थियो र वैशाख १२ गते गेर्खा चौतारी कम्पनीबाट फाल्ने भनेर तयारी भएको थियो तर भुकम्पले सबै सपनाहरु डामाडोल भयो । प¥यो बिछोड हुन भन्ने गित धेरै रेडियोहरुबाट बज्यो रेडियोका सम्पुर्ण प्राविधिक साथिहरुले गित बजाएर सहयोग गरिदिनु भएको थियो । मेरो आवाज साथिहरुलाई मन परेर मलाई साथिहरु मार्फत ७ वता गित रेकर्ड गर्न अबसर मिल्यो ।
रेडियोमा काम गरेको पनि आज जस्तै लाग्छ तर कति चाडै साढे ३ वर्ष विति सकेछ रेडियो प्राविधिक मा काम गरेको पनि ३ वर्ष भईसकेछ । विभिन्न चाड पर्व मा गित गाउन स्टेज कार्यक्रममा म आफ्नै जिल्ला भित्र धेरै ठाउँ पुग्थ्ये । तर एक दिन मैले आफैले लेखेको गित ओई मेरी सोल्टीनी के छ खबर बजारमा आए पछि धादिङ जिल्ला ज्यमरुङ गाविसको हाल काठमाण्डौमा हुनुहुन्छ उहाले मेरो गितमा अभिनए गर्नु भाको छ । आज भोलि धेरै गित भिडियोहरुमा अभिनय गर्नु भाको छ । उहाँ मार्फत नै म कञ्चनपुर देखत भुलि मैदानमा २ दिने वृहत साँकृतिक कार्यक्रममा गित गाउन पुगे । सगैँ मेरो गितको भिडियो पनि सोही स्थानमानै सुटिङ भयो भिडियोको डाइरेक्टर हुनुहुन्थ्यो गौरव गिरी ।
रेडियोमा काम गर्दै जाँदा गित गाउदै जाँदा फेरि अर्को एउटा मेरो नयाँ सोच पलायो अब मैले यो भन्दा फरक बाटो पनि खोज्नु पर्छ । भुकम्प प्रभावित हरुको लागी र चेपाङहरुको लागी नेपाल सरकारद्ववारा सिटिभिटी प्राविधिक शिक्षालय निसुल्कमा पढ्न पाउने विभिन्न विषयमा फर्म खुलेको थियो । मैले डिभ्लोमा इन सिभिल इन्जिनियरमा फर्म भरेँ । इन्ट्रान्स एक्जाम पनि दिएँ । इन्ट्रान्स एक्जाममा म पनि पास भएँ । कलेज छनोट गर्दै जाँदा नंबरको आधारमा म भ्याली अफ इन्जिनियर कलेज कोटेश्वर काठमाण्डाँैमा पढ्नको लागी छनोट भएँ । पढाइको शिलशिलामा अब ३ वर्षका लागि काठमाण्डौँ जाँदैछु ।
मलाई थाहा छ म मेरो भविष्यको लागि काठमाण्डौँ जाँदैछु । तर पनि कता कता नरमाइलो अनुभव भइरहेको छ । चेपाङ गाउँ धुषा ४ दुङ्वाङ् मा हुँदा म खाली थिएं, म संग मेरो छुट्टै पहिचान थिएन । ३ वर्ष अगाडी धादिङ छिरें, मेरो लगनशिलता र सबैको माया तथा प्रेरणाले मैले संचारकर्मी आकाश चेपाङ संगै गायक आकाश चेपाङको परिचय पाएं । मलाइ यहाँ सम्म ल्याऊने रेडियो धादिङ १०६ मेघाहर्जलाई मैले कहिल्यै भुल्ने छैन ।
जिन्दगी कहिले कहाँ कहिले कहाँ कुन ठाउँमा पुगेर अन्तेष्टी हुने हो केही पत्तो पाइंदैन । आज सम्म कति साथिहरु सगँ घुलमिल भएँ । अझ कति सथिहरु सगँ घुलमिल हुन बाँकी छ । गन्तब्य कहाँ पुग्छ र कहाँ गएर टुगिन्छ त्यो समय र परिस्थिती बताऊँछ । सायद मैले जानि नजानि कति गल्ति गरेको थिएँ होला कति साथिहरुको चित्त दुखाएँ होला कति काम अधुरै छोडे होला । मैले गर्नै पर्ने काम कतब्र्य पुरा भएन होला । मेरा अग्रज, सहकर्मी साथीहरु माझ माफी माग्छु । माफ गरि दिनु ल……………