Sat. Jul 27th, 2024

‘मेरो गोरुको बारै टक्का नभन्नूस्’ : देउवा

shervdr'

सरिता  श्रेष्ठ

७ पुस, धादिङ- पूर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले माघ ८ मा संविधान जारी गर्ने विषयमा माओवादीलाई लचिलो हुन आग्रह गर्नुभएको छ ।

सोमबारबाट धादिङबेसीमा सुरु भएको मध्यमाञ्चल क्षेत्रिय मेला तथा चौथो धादिङ महोत्सव उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहँदै नेता देउवाले माघ ८ गतेभित्र संविधान जारी गर्न नसकिए जनतासामु मुख देखाएर हिड्न लाज हुने बताउदै माओवादीलाई लचिलो हुन आग्रह गर्नुभयो ।
‘सबैको सहमति आवश्यक भएकोले म पनि सहमतिको प्रयासमा छु । एमाले काङ्ग्रेस लचिलो छ । मेरो गोरुको बारै टक्का भनेर सहमति हुन सक्दैन ।’ देउवाले भन्नुभयो, ‘माओवादी साथीहरुलाई लचिलो भएर सहमतिमा आउन आग्रह गर्दछु ।’ सविधान बनाउछु भनेर बोलेका दलहरुले संविधान बनाउन नसक्नु लाजमर्दाे हुने नेता देउवाले बताउनुभयो ।
विवादित विषय टुङ्गोमा पु¥याउन काङ्ग्रे एमाले लचिलो रहेको जानकारी गराउँदै दउवाले माओवादीलाई पनि मेरो गोरुको १२ टक्का भनेर नबस्न आग्रह गर्नुभयो । अर्को प्रशंगमा बोल्दै नेता देउवाले नौविसे नागढुङ्गा सडकमा बैकल्पिक रोडको आवश्यकता रहेकोले सितापाइलादेखि नागढुङ्गा निस्कने सुरुङ्मार्ग निर्माणमा सक्दो पहल गर्ने स्पष्ट पार्नुभयो ।
उद्घाटन कार्यक्रममा धादिङ क्षेत्र नम्बर ३ का सभाषद एवंपूर्व स्थानीय विकास मन्त्री राजेन्द्र प्रसाद पाण्डेले राज्यले व्यवसायी र किसानलाई सुरक्षित गराउन सके हाल वार्षिक ५ करोड बराबरको तरकारी तथा कृषि जन्य उत्पादन विक्रि गर्दै आएको धादिङले आगामी दिनमा १० करोडको तरकारी विक्रि गर्न सक्ने स्पष्ट पार्नुभयो । धादिङ ठूला शहरहरुको बीचमा जिल्ला रहेकोले पनि यहाँ उत्पादन भएका कृषि उपजहरुले सजिलै बजार पाउने भएकाले उद्योगी व्यवसायीहरुलाई लगानी बढाउन आग्रह गर्नुभयो । नेता पाण्डेले धादिङका दुई उद्योग वणिज्य संघहरु एक भएजस्तै बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको लागि दलहरु मिल्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा सभाषद एवं पूर्व शिक्षा मन्त्री गंगालाल तुलाधरले नौविसे नागढुङ्गा सुरुङ मार्ग निर्माणपछि जिल्लाको विकासले नयाँ मोड लिने बताउनुभयो । धादिङ जिल्ला कृषि, पर्यटन र उद्योगको व्यापक संभावना रहेको जिल्ला रहेकोले यस जिल्लामा उत्पादित सामाग्री निकासीको लागि पनि सुरुङ मार्गको आवश्यकता रहेको बताउनुभयो ।
त्यसैगरी धादिङ क्षेत्र नम्बर २ का सभाषद गुरु प्रसाद बुर्लाकोटीले जिल्लाको विकासको निम्ति कृषि, पर्यटन र उर्जाको उत्पादन बढाउनु आवश्यक रहेको स्पष्ट पार्नुभयो । बढिगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माण सम्पन्न गर्न सरकार गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो । धादिङ क्षेत्र नम्बर १ का सभाषद धनबहादुर घलेले जल, जमिन र जडिबुटीको सहि सदुपयोग गर्न सकिए जिल्लाको आर्थिक विकास सम्भव रहेको बताउनुभयो ।
समानुपातिक सभाषद दिलमान पाख्रिनले जिल्लामा रहेका दुई उद्योग वाणिज्य संघ एक हुनुले जिल्लाको विकासको ढोका खुलेको बताउँदै जिल्लामा पाइने जडिबुटी प्रशोधन गरी बजारमा लानसक्ने वातावरण सिर्जना गराउन सरकार समक्ष आग्रह गर्नुभयो । अर्का सभाषद परशुराम तामाङले जिल्लाको विकास निर्माणको काममा धादिङका सभाषद एक भएर लागि रहेको स्पष्ट पार्नुभयो । पूर्व जलश्रोत मन्त्री एवं राप्रपा नेता ठाकुर प्रसाद शर्माले माघ ८ मा संविधान आउने कुरामा आफु विश्वस्त नभएको बताउनुभयो ।
कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, नेपाली काङ्ग्रेस धादिङका सभापति रामनाथ अधिकारी, नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठी, एकिकृत नेकप माओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारी लगायत जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरुले मेला सफलताको शुभकामना दिएका थिए ।
धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं मेला आयोजक समितिका संयोजक चन्द्रकान्त अधिकारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको उद्योग वाणिज्य संघ धादिङकी अध्यक्ष कल्पना अधिकारीले समापन गर्नुभएको थियो ।

 

About The Author

Loading...

अन्य समाचारहरु: