Sat. Jul 27th, 2024

झिङ्गा मार्ने विषले दुई बालिकाको मृत्यु

८ पुष, धादिङ । झिङ्गा मार्नका लागि राखेको विष खाँइदा उत्तरी धादिङको कटुञ्जे गाविस वडा नम्बर ७ का दुई बालिकाको हिजो साँझ मृत्यु भएको छ ।

अभिभावकले झिङ्गा मार्न बजारबाट किनेर लगेको विष घरमा बालबालिकाले खेल्ने क्रममा खाएपछि ५ वर्षिय एलिना वि.क. र रञ्जिता वि.कको मृत्यु भएको हो ।
सामुहिक रुपमा खेल्दै गरेको बेला बिष खाएपछि घाइते भएका बालिकाहरुको उपचारको लागि जिल्ला अस्पताल धादिङ ल्याइदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: