Thu. May 15th, 2025

फेसबुकबाट दिवश पाण्डेले चर्चित मोडेल पुर्णिमा श्रेष्ठलाई माया जालमा परेपछि (भिडियो सहित)

bibas&purnima
१६ जेठ,  धादिङ –  नेपाली लोकदोहोरी पारखीहरुको लागि जलेश्वरि म्युजिक प्रा.लि को प्रस्तुतिमा  दोहोरी गायक राजकुमार बानियाँ र पबित्रा अधिकारीको समधुर स्वरमा सजिएको दोहोरी गीत झल्को आउँछ सारो गीतको युटुब मार्फत सार्वजनिक भएको छ ।

उक्त गीतको म्युजिक भिडियोमा चर्चित मोडल पुर्णिमा श्रेष्ठ र दिबश पाण्डेले अभिनय गरेका छन् ।पछिल्लो समय भल्गर सिन राखेर भिडियो बनाउने होडबाजि चलिरहेका बेलामा डाइरेक्टर गौरव गिरिले त्यस्ता सिन राख्नु समाजलाई अपाच्य हुने भन्दै टिपिकल कथा बस्तुमा भिडियो बनाएको दाबी गरेका छन् । भिडियोमा दिबश र पुर्णिमाले निकै उत्कृष्ट अभिनय गरेका छन् ।

फेसबुकबाट माया पिरति गाँस्ने चलन अनि भेटघाटमा रमाउने पछिल्लो समय फेसन सरह भैसकेको छ।त्यही बिषयबस्तुमा रहेर निकै उत्कृष्ट शब्द सङ्कलन गरेका छन् नकुल अधिकारी, रितेश थापा र राजन पौडेलले। गीतको लय सिर्जना भने गायक बानियाँले नै गरेका हुन्। बिकास ज्ञावलिको सम्पादन रहेको यस भिडियोलाई टंक के सि ले क्यामेरा मा कैद गरेका छन् भने डि एन राई को नृत्य रहेको छ।
हेर्नुस् भिडियो

About The Author

अन्य समाचारहरु: