Sat. Jul 5th, 2025

आज विश्व धुम्रपानरहित दिवस, धादिङमा पनि मनाइँदै

newsDetailvtxno_smoking
१८ जेठ,  धादिङ – आज विश्व धुम्रपानरहित दिवस, नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाईंदैछ । विश्वमा सुर्ती सेवनलाई निस्तेज पार्ने उदेश्यले हरेक वर्ष मे ३१ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

दिवसको अवसरमा धादिङमा पनि अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको छ । कोसोक नेपालको आयोजना तथा स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण संजाल र प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रको  सहयोगमा मंगलबार अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

विश्व स्वास्थ्य सभाले सन् १९८७ देखि सूर्तीजन्य पदार्थको जोखिमका विषयमा विश्वव्यापी ध्यान केन्द्रित गर्न सूर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाउने निर्णय गरेयता विश्वव्यापी रुपमा यो दिवस मनाईंदै आएको छ । यो दिवसले सूर्तीजन्य उद्योगहरुका गलत र हानीकारक रणनीतिका बारेमा नीति निर्माता र आम नागरिकलाई शिक्षित गर्ने उद्धेश्य लिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

नेपालमा सुुर्ती र चुरोटका कारण वर्षेनी १५ हजार बढीको मृत्यु हुने गरेको सरकारी तथ्यांक छ । सुर्ती र चुरोटकै कारण वर्षेनी ७ हजारलाई क्षयरोग र २७ हजारलाई क्यान्सर रोग लाग्ने गरेको छ ।

मुलुकमा ५१ प्रतिशत भन्दा बढी मानिसको मृत्यु सुुुर्ती सेवनका कारण लाग्ने रोगबाट हुने गरेको अध्यनले देखाएको छ । चुरोट सुर्ती खानेलाई हृदयघात, मुटुरोग तथा क्यान्सर जस्ता स्वास्थ्य समस्याको खतरा उच्च हुने चिकित्सकहरुले बताएका छन् ।

पछिल्लो समय सरकारले सार्वजनिक ठाउँमा सुर्ती र चुरोट खान नपाइने नियम ल्याए पनि प्रभावकारी रुपमा कार्यान्वयन भने हुन सकेको छैन ।

About The Author

अन्य समाचारहरु: