Sat. Jul 5th, 2025

धादिङमा भुकम्पले बढायो कुपोषण, अधिकांश चेपाङ बालबालिकाहरु कुपोषित

kuposanअस्मिता खतिवडा/ २६ जेठ, धादिङ – गोरखा भुकम्प पछिको कष्टकर बसोबास र अनेक किसिमका समस्याले जिल्लामा कुपोषणको समस्या विकराल देखिएको छ । खानपान, सरसफाइ, स्याहारसुसार तथा हेरचाह्रको कमीले गर्दा बालबालिकामा कुपोषण बढेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यलय धादिङले गत फागुनमा जिल्लाका ६ महिनादेखि ५ वर्ष उमेर समुहका २८ हजार बालबालिकामा गरेको सर्वेक्षणलाइ हेर्ने हो भने जिल्लामा ७ सय ६४ बालबालिका कुपोषणको समस्याबाट ग्रसित छन् । जसमध्ये ७ सय ३ बालबालिकामा मध्यम खालको कुपोषण र ६१ बालबालिकामा कडा कुपोषण देखिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य निरीक्षक विष्णु रिजालका अनुसार दक्षिणी धादिङको धुषा, महादेवस्थान, पिडा लगायतका गाविसका चेपाङ बस्तीका अधिकांश बालबालिकामा कुपोषणको समस्या रहेको छ ।

चेपाङ जातिको बाहुल्य रहेको सो गाविसहरुमा बाल्यकालदेखि नै पाचनयोग्य खानेकुरा नखुवाउने र बयस्कले खाने खाना बालबालिकालाई पनि दिने गरिन्छ । गर्भवती महिलाले पौष्टिक खानेकुरामा ध्यान नदिँदा तथा नवजात शिशुको स्तनपानमा ध्यान नदिंदा पनि कुपोषण देखिने गरेको छ ।

आफ्नो २ वर्षिय छोरालाई कुपोषणको समस्या देखिएपछि छोराको स्याहारमा व्यस्त महादेवस्थान गाऊँ विकास समिति वडा नंबर २ की गिता चेपाङ भन्छिन्– “छाक टार्नै त मुस्किल छ, के हो पोषिलो खानेकुरा ?” गिता चेपाङको मात्रै होइन अधिकांश चेपाङ परिवारको बोली हो यो ।

राम्रो लालनपोषणले बालबच्चा स्वस्थ हुन्छन् । तर, कुन उमेर समुहका बालबालिकाको स्याहार कसरी गर्ने भन्ने ज्ञान अभिभावकमा नहुँदा पनि बालबालिका अस्वस्थ भएका धेरै उदाहरण छन् । कत्तिपयले कार्य व्यस्तताका नाममा बालबालिकालाई उचित ध्यान दिन सकेका छैनन् भने कतिपयलाई बालबालिकाको स्याहार तथा खुवाउने खानाको तरिकाबारे खासै ज्ञान छैन ।

बच्चाको दिमागको १० भाग मध्ये ८ भागको विकास जन्मेको २ वर्ष भित्रमा नै हुने भएको हुनाले यस अवधिमा उनीहरुलाई विशेष ख्याल पु¥याउनुपर्ने जिल्ला जनस्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत तथा पोषणका फोकल पर्सन मोहन सुवेदीले बताए ।

About The Author

अन्य समाचारहरु: