Sat. Jul 27th, 2024

अस्ट्रिज हेर्न बालबालिकाको भीड

aastris.psd
 ८ पुस धादिङ -सोमबारदेखि धादिङबेसीमा सुरु भएको मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सवमा राखिएको चिडियाघर बालबालिकाहरुको मुख्य केन्द्रविन्दु बनेको छ ।

मेला स्थलमा राखिएको मिनी चिडियाघरमा अस्ट्रिज, इमु, टर्की, लौकाट, खरायो, अजिङ्गर र ग्रिनीपिग हेर्न विशेष गरी बालबालिकाहरु उत्साहित भएका छन् । टेलिभिजनमा देखेका र किताबमा पढेका पशुपन्छी तथा जनावरहरु प्रत्यक्ष हेर्न पाउँदा बालबालिकाहरुमा तछाडमछाड नै चल्ने गरेको छ । चिडियाघरमा प्रदर्शनका लागि राखिएका विश्वकै सबैभन्दा ठूलो मानिने चरा अष्ट्रिज हेर्नका लागि आउने गरेको चिडियाघरका सन्तोष रेग्मीले बताउनुभयो ।

चितवनको सौराहाबाट ल्याइएको पन्छी तथा जनावरहरु हिजो र आजमा करिब १६ सय जनाले अवलोकन गरेका छन् । ‘घरेलु उद्योग कृषि जलस्रोत पर्यटन प्रवद्र्धन, आर्थिक सम्बृद्धि हाम्रो अभियान’ भन्ने मुल नाराका साथ धादिङ उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सवमा विभिन्न किसिमका दुई सय भन्दा बढि स्टलहरु राखिएका छन् ।

महोत्सवमा अटो मोबाइल, जाडोमा लगाउने लत्ताकपडा, घरेलु उद्योगका सामाग्रीहरु पनि विक्रिका लागि राखिएका छन् । त्यसैगरी घरेलु उद्योग तथा कृषि प्रदर्शनी, हस्तकलाका सामाग्री, पुरातात्विक तथा धार्मिक सामाग्रीहरु प्रदर्शनमा छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: