Fri. Jul 4th, 2025

मिस एसएलसी २०१६ को ताज प्रमु गुरुङलाई

slc-650x553२९ जेठ,  धादिङ – मिस एसएलसी २०१६ को उपाधि धरानकी प्रमु गुरुङले जितेकि छिन् । धरान सभा गृहमा शनिबार सम्पन्न प्रतियोगितामा ३० जना प्रतिपस्पर्धी पछार्दै प्रमुले उपाधि जितेकि हुन् । उनलाई मिस एसएसीकी गतबर्षकी विजेता एलिसा लिम्बु ले ताज पहिर्याकी थिइन् ।

मिस क्याटवक, मिस व्युटिफुल र मिस पर्सनालिटीको उपाधि समेत हात पारेकी गुरुङले विजेता गुरुङले नगद ३५ हजार, धरान उच्चको पूर्ण छात्रवृति, क्राउन, ट्रफी र प्रमाण पत्र प्राप्त गरिन् ।

प्रतियोगिताको फष्ट रनर अप आश्मा लिम्बूले ताज सगै नगद २५ हजार र विभिन्न उपहार हरु हात पारिन् भने सेकेण्ड रनरअप घोषितहुदै स्वेता दाहाल ताज नगद २० हजार र विभिन्न उपहार हात पारिन् । फस्ट र सेकेण्ड रनरअपले भने धरान उच्चमा ५० प्रतिशत छुटमा छात्रवृति प्राप्त गर्ने छन् ।

मिस डिसिप्लिन सुजता राई, मिस फ्रेण्डसिप अनुसा राई, मिस फोटोजेनिकमा एलिसा श्रेष्ठ र मिस ट्यालेन्टमा शिखा मोक्तान घोषित हुदै ट्रफी र प्रमाण पत्र हात पारे । विजेताहरुलाई बराह ज्वेलरीका मानबहादुर दियाली, आयोजक धरान जेसिज २०१६ का अध्यक्ष अतुलदीप श्रेष्ठ, निर्णायकहरु श्याम काब्रालगायतले पुरस्कार वितरण गरेका थिए । स्पर्धामा ३१ जना सहभागी थिए ।

About The Author

अन्य समाचारहरु: