२९ जेठ, धादिङ – समाज परिवर्तनमा विद्यार्थीको भुमिका विषयक अन्तर मा वी स्तरीय वक्तृत्वकला प्रतियोगितामा बालमन्दिर माध्यमिक विद्यालयकी छात्रा आकृती थापा प्रथम भएकी छिन् ।
शनिबार धादिङबेसीमा भएको प्रतियोगीतामा सुनगाभा एकेडेमीका छात्र निश्चल पाठक द्धितीय , निलकण्ठ उच्च माध्यमिक विद्यालयका छात्रा सुजना खतिवडा तृतीय तथा एडभान्स एकेडेमीका छात्र मनोज पाठक र अमरावती मा वि का छात्रा आशा अर्याल सान्त्वना भएका छन् ।
धादिङ सिर्जना प्रतिष्ठानको चयन, ललितकला र संस्कृतिको उन्नयन भन्ने मुल नाराका साथ कितावी ज्ञानमा मात्र सिमित नभई विद्यार्थीको अन्तरनिहीत क्षमतालाई उजागर गर्ने उदेश्यले कार्यक्रम गरिएको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा २१ वटा विद्यालयवाट ४० जना विद्यार्थीको सहभागीता रहेको थियो ।
प्रतियोगितामा विद्यार्थीहरुले समाज परिवर्तनमा विद्यार्थीले खेल्ने भुमिका र विधार्थीको सकारात्मक सोचाईवाट नै समाज अगाडी वढ्ने भन्ने विषयमा वोलेका थिए । कार्यक्रममा सहभागी विद्यालयको शिक्षकहरुलाई सम्मान पत्र वितरण गर्दै विधार्थीको उज्वल भविष्यको लागि उनीहरुलाई कोरा ज्ञान मात्र नभई वाह्य विषयवस्तुमा अगाडी वढाउने हो भने पाठ्यभार पुरा गर्न सहज हुने बताइएको छ । वक्तृत्वकलामा प्रथम, द्धितीय, तृतिय र सान्त्वना भएका विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।