Sat. Jul 27th, 2024

नेपालकी आस्था बनिन् भारतको किंगफिसर सुपरमोडल

Aasth-pokhrel-3

१० पुस, काठमाडौं  नेपाली मोडल आस्था पोखरेल भारतको चर्चित किंगफिसर क्यालेन्डरको आवरणमा देखिन भएकी छन् ।
भारतीय च्यानल एनडीटिभी गुड टाइम्सको कार्यक्रम ‘किगंफिसर सुपरमोडल २’ सिरिजकी विजेता बन्दै उनी क्यालेन्डरमा देखिन लागेकी हुन् ।
६ हप्तासम्म चलेको सुपरमोडल सिरिजमा उनले नौ स्वदेशी एबं विदेशी मोडलहरुलाई पछि पार्दै ‘किगंफिसर सुपरमोडल २’ को विजेता हुन सफल भएकी थिइन् ।
अब उनले किगंफिसरले निकाल्न लागेको सन् २०१५ को क्यालेन्डरमा सहभागी हुने अवसर पाउने छिन् ।
क्यालेण्डर गर्ल हुनकै लागि भएको प्रतियोगितमा भिडेका मोडलहरुलाई बलिउड अभिनेत्री नेहा धुपियाले प्रशिक्षण दिएकी थिइन् ।

चार वर्षअघि मोडलिङ क्षेत्रमा प्रवेश गरेकी आस्थाले यसअघि ‘एसिया नेक्ट मोडल’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।
‘मेरो लागि किंगफिसर सुपरमोडल भएर क्यालेन्डरको एक हिस्सा हुन पाउनु महत्वपूर्ण सपना पूरा भएजस्तो हो ।’ प्रतियोगितापछि प्रतिक्रिया दिँदै उनले भनिन् ।
सन् २००३ देखि सुरु भएको किंगफिसर क्यालेन्डरमा बलिउड अभिनेत्री क्याटरिना केफ, याना गुप्ता, पुनम पाण्डे, दीपिका पादुकोण, नरगिस फाकरी र उज्जवला रावत लगायत अभिनेत्रीहरु सहभागि भइसकेका छन् ।
मोडल पोखरेल यसवर्षको मिस नेपाल प्रतियोगितामा समेत सहभागिता जनाएकी थिइन् । प्रतियोगितामा उनी उत्कृष्ट पाँच भित्र परे पनि उपाधिविहीन बनेकी थिइन् ।
मिस नेपालमा छानिन नसकेपनि उनी अन्तराष्ट्रिय क्षेत्रमा नेपालको प्रतिनिधित्व गर्ने सिमित नेपाली मोडलमध्ये पर्छिन् ।
(अनलाइन खबरबाट साभार)

About The Author

Loading...

अन्य समाचारहरु: