Fri. Jul 4th, 2025

आमिर खानको नयाँ लुक भाइरल

amir-khan३२ जेठ, धादिङ – बलिउड अभिनेता आमिर खानको आउँदो चलचित्र दंगलको नयाँ लुक सार्वजनिक भएको छ । चलचित्रका अभिनेता आमिर खानले सोमबार चलचित्रमा रहेको आफ्नो नयाँ लुकको तस्बिर ट्वीट गरेका हुन् ।

आमिरले ट्वीट गरेको केही समय भित्रमै तस्बिर भाइरल भयो । आमिरका प्रशंसकले यो तस्बिरको खुलेर तारिफ गरेका छन् भने उनको मेहनतको पनि प्रशंसा गरेका छन् । दंगल भारतीय पहलवान महावीर फोगटको जीवनीमा बनेको चलचित्र हो ।

आमिरले ट्वीट गरेको तस्बिर युवा अवस्थाका महावीरको हो । उनले ट्वीटमा अबको दुई दिनभित्र युवा महावीरको सुटिङ गर्न जाने बताएका छन् । आमिरले दंगलका लागि आफ्नो तौल बढाएका थिए । तर युवा महावीरका लागि उनले तौल कम गरेका छन् । दंगल आउँदो डिसेम्बर २३ मा रिलिज हुनेछ ।
– एजेन्सी

About The Author

अन्य समाचारहरु: