भीम श्रेष्ठ / ३ असार, काठमाडौँ – यूवा होस या वृद्ध, या बालबालिका सबैको प्रिय आधुनिक गायक हुन प्रमोद खरेल।
उनले जति पनि गीतमा स्वर दिएका छन प्राय सबै सफल भएका छ्न्। पछिल्लो समय संयुक्त अरब ईमिरेट्सको बिभिन्न आकर्षक तथा मनोमोहक दृश्यहरुमा छायांकन गरियको “जब तिमी टाढा हुन्छौं”को म्यूजिक भिडियो सार्बजनिक भएको छ।
यूएईको रोजगारीलाइ उचित ब्यबस्थापन गर्दै दर्जनौं म्यूजिक भिडियो खेलेर यस गीतमा पनि साथ दिएका छ्न मोडल मोहन बोगटीले।
बाहिरी रुपले पनि आकर्षक बरदान पाएका बोगटि यो पटक महिला मोडल पुजा भट्टका साथमा देखिएका छ्न। दिक्षा क्रीयसन को ब्यानरमा सार्बजनिक उक्त म्यूजिक भिडियोको शब्द रोहित सुबेदी भरेका हुन। प्रकाश भट्टद्वारा निर्देशित उक्त भिडियोमा स्वर तथा संगीत उनै प्रमोद खरेलको रहेको छ संगीत संयोजन देबेन्द्र नेवास् गरेका छ्न। पछिल्लो समय नेपाली फ्लिम तथा म्यूजिक भिडियो छायांकन को लागी रोजाईको क्षेत्र बनेको छ यूएई।