सरिता श्रेष्ठ / ४ असार, धादिङ – अहिले नेवारी खाजा सेटहरू प्रायः चर्चामा रहेको छ । अन्य जातिका खाजाका परिकार हराइरहेको अवस्थामा धादिङका नेवार जातिका महिलाहरु आफ्नो जातिय खाना बनाउन उत्सुक देखिए ।
आफ्नो संस्कृतिलाई जीवन्त राख्नका लागि नेपाल भाषा मिसा खलः येँ र झीगु नेवाः समाज धादिङले धादिङ जिल्लामा रहेका महिलाहरुलाई एकै ठाँउमा भेला गराएर तालिम दिएको झीगु नेवाः समाज धादिङका सचिव राजकुमार श्रेष्ठले बताए ।
३ दिनसम्म चलेको तालिममा चटामरि, यमरी, बारा, आलुमा परिकार लगायतका विभिन्न परिकारहरु बनाउन सिकाइएको थियो ।
तालिमको शनिबार एक कार्यक्रमको आयोजना गरी समापन गरिएको छ । नेपाल भाषा मिसा खलः येँका अध्यक्ष मंगला कारंजितको अध्यक्षतामा भएको समापन कार्यक्रममा झिगु नेवाः समाज धादिङका निवर्तमान अध्यक्ष भुपेन्द्रकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।