Fri. Jul 4th, 2025

धादिङको गुम्दी गाविस ११ औँ खोपयुक्त गाविस घोषित

khop
६ असार,  धादिङ – धादिङको गुम्दी गाउँ विकास समिति पूर्ण खोपयुक्त गाविस घोषित भएको छ ।

‘स्थानीय स्वामित्व र सहभागिता, पुर्ण खोप सुनिश्चितता गुम्दी बासीको प्रतिबद्धता’ भन्ने नाराको साथ आइतबार गुम्दीको सातदोबाटोमा रहेको तामाङखर्क उमाविमा एक कार्यक्रमको आयोजना गरी पूर्ण खोप गाविस घोषणा गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यलय धादिङ र गुम्दी स्वास्थ्य चौकीको संयूक्त आयोजना तथा कोसोक नेपाल, सहयात्री समाज नेपाल, बल्र्डभिजन लगायतका संस्थाहरुको साझेदारीमा कार्यक्रम गरिएको हो ।

गुम्दी गाविसलाई जिल्लाको ११ औँ पूर्ण खोप गाविसको रुपमा घोषणा गरिएको हो । यस अघि साविकको मुरलीभन्ज्याङ, मैदि,  ढोला, सल्यानकोट, फूलखर्क, मुलपानी, सल्यानटार लगायतका गाविस पूर्ण खोप गाविस घोषणा भैसकेका छन्  ।

१२ महिना देखि २३ महिना सम्मका सबै बालबालिका र एक बर्ष उमेर भएका बालबालिकाले पूर्ण खोप पाएको घोषण गरिएसँगै गाविसलाई पूर्ण खोप गाविस घोषणा गरिएको हो । यस गाविसमा ७२ जना बालबालिका रहेका छन् । सम्पूर्ण बालबालिकाहरुले पुर्ण रुपमा खोप लगाइसकेपछि घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यलय धादिङका खोप अधिकृत शरद रेग्मीले जानकारी दिए ।

गुम्दी गाविसका अध्यक्ष एवम् स्वास्थ्य संस्था व्यवस्थापन समितिका अध्यक्ष ठाकुर सिम्खडाको अध्यक्षतमा भएको कार्यक्रममा कार्यक्रममा जिल्ला स्वास्थ कार्यलय धादिङका जनस्वास्थ्य प्रमुख जीवनकुमार मल्लको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गाविस भरिका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरु, स्वास्थ्य स्वयसेवी तथा स्थानीयहरुको सहभागीता रहेको थियो ।

About The Author

अन्य समाचारहरु: