६ असार, धादिङ – पृथ्वी राजमार्ग अन्र्तगत धादिङको धुषा – १ चरौँदीमा सोमबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा चालक सहित २ जनाको मृत्यु भएको छ ।
जनकपुरबाट काठमाडौंका लागि छुटेको ना ५ ख २०८१ नम्बरको बस आफै अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।
बस अनियन्त्रित भएर पल्टिएपछि गम्भीर घाइते भएका बसका चालक कृष्णलाल शाहको उपचारका लागि काठमाडौँ लगिदै गर्दा मृत्यु भएको हो । बसमा सवार यात्रु भारतको नयाँ दिल्ली घर भएका ६० वर्षीय रत्नलाल शर्माको मलेखुमा उपचारका लागि लगिदै गर्दा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।
बसमा ४० यात्रु थिए । अन्य यात्रुहरु भने सकुशल रहेका छन् ।