Tue. May 13th, 2025

धादिङमा पहिलो पटक इन्जिनियरिङ पढाइ सुरु

studentरविना पौडेल / ७ असार,  धादिङ – धादिङमा इन्जिनियरिङ पढाइ सुरु भएको छ । सदरमुकाम धादिङबेसीमा रहेको  नीलकण्ठ उच्च माध्यामिक विद्यालयमा मध्यामिक तह देखि नै इन्जिनियरीङको पढाइ सुरु भएको हो ।

शिक्षा विभागको स्वीकृतिमा जिल्लामा नै पहिलो पटक पढाइ सुरु भएको हो । जिल्लामा दक्ष्य प्राविधिक तयार गर्ने र दक्ष्य जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ पढाई सुरु गरिएको विद्यालयका प्रधानाध्यापक विष्णु सिलवालले बताए ।

नेपाल सरकारले सुरु गरेको प्राविधिक तथा व्यावसायिक शिक्षा धार कार्यक्रम अन्र्तगत इन्जिनियरिङ पढाइ सुरु भएपछि उक्त विषय पढ्न अब राजधानी काठमाडौँ, पोखरा, लगायतका सहरमा जानुपर्ने बाध्यता हटेको छ ।

प्रधानाध्यापकका अनुसार ४८ जनाको कोटामा इन्टान्सलाई आधार मानेर विद्यार्थी छनोट गरिएको हो । कक्षा ९ देखि सुरु गरेको इन्जिनियरिङ पढाइ कक्षा १२ सम्म यहि विद्यालयमा संचालन हुने व्यवस्था मिलाइएको छ । शिक्षा विभागले दिएको अनुदान र अन्य सहयोगमा  विद्यालयले उक्त विषयको अध्यायन गराउन सुरु गरेको हो । भौतिक व्यावस्थापनको लागि हाल प्रत्येक विद्यार्थीबाट ५ हजार संकलन गरि कक्षा सञ्चालन गरिएको छ ।

मासिक शुल्क तिर्नु नर्पने भएकोले जस्तो सुकै आर्थिक अवस्था भएको विद्यार्थीहरुले पनि  पढ्न पाउने प्रधानाध्यापक सिलवालको भनाई छ । इन्जिनियरिङ पढ्न एस. एल. सी पछि मात्र पाइन्थ्यो भने अब  विद्यालय तह देखि इन्जिनियरिङ पढ्न आफ्नै विद्यालयमा पाइने भएकोले विद्यार्थीहरु पनि खुसी भएका छन् । इन्जिनियरिङ सम्बन्धि ज्ञान बढ्ने र भविष्यको लागि पनि सजिलोे हुने भएकोले आफू एकदमै उत्साहित भएको इन्जिनियरिङकी विद्यार्थी सृजना धरेलले बताइन्

शिक्षा विभागले स्वीकृति दिन ढिला गरेकोले यस पटकको कक्षा सञ्चालन ढिलाई भएको छ । आगामी वर्षदेखि समयमा नै कक्षा सञ्चालनमा ल्याउने विद्यालयले जानकारी दिएको छ ।

About The Author

अन्य समाचारहरु: