Sat. Jul 27th, 2024

१६२ यात्रुसहितको एयर एसियाको जहाज बेपत्ता

air_asia_boing_395908227

जाकर्ता – इन्डोनेसियाको सुरबायाबाट १६२ जना यात्रु लिएर आइतबार बिहान सिंगापुरका लागि उडेको एयर एसियाको जहाज बेपत्ता भएको छ ।

इन्डोनेसियाको परिवहन मन्त्रालयका अधिकारीलार्इ उधृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार स्थानीय समयअनुसार बिहान ६ बजे १७ मिनेटबाट १५५ यात्रुसहितका जहाजको सम्पर्क जाकर्तास्थित ट्राफिक कन्ट्रोलरुमसँग टुटेको हो ।

इन्डोनेसियाको परिवहन मन्त्रालयका एक अधिकारी हादी म्युतोफाले उडान नम्बर क्युजेड ८५०१ को एयर बस बेपत्ता भएको पुष्टि गरेका छन् । एयर बस ३२०-२०० जहाजमा चालक दलका सदस्यहरुसहित १५५ जना यात्रु सवार रहेको इन्डोनेसियन परिवहन मन्त्रालयले पुष्टि गरेको छ ।

परिवहन मन्त्रालयका अधिकारी हादी म्युतोफाले जहाज सम्पर्कविहीन हुनुअघि चालक दलबाट नियमित रुटबाट अन्यत्रै मोडिएको सन्देश दिएका थिए । बेप्ता भएको जहाज सिंगापुरमा बिहान साढे ८ बजे अवतरण हुने तालिका थियो ।
(अन्नपूर्ण अनलाइनबाट साभार)

About The Author

Loading...

अन्य समाचारहरु: