१० असार ,काठमाण्डौँ –कक्षा ११ मा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षाका सबैजसो विषय अध्ययन गर्न एसएलसीमा सामाजिक विषयमा डी प्लस ल्याउनै पर्ने हुन्छ । डी र ई ल्याउने विद्यार्थीले ११ मा भर्ना हुन पाउँदैनन् ।
नियमित र आशिंक गरी ५ लाख ८८ हजार १ सय ५२ विद्यार्थीले एसएलसी दिएकोमा १ लाख ८५ हजार ५ सय ६४ जनाले सामाजिकमा डी र ई ग्रेड ल्याएका छन् ।
त्यसमा नियमिततर्फ १ लाख १२ हजार ३६ र एक्जाम्टेडतर्फ ७३ हजार ५ सय २७ जना छन् ।
उनीहरु कक्षा ११ मा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षामा भर्ना हुन पाउँदैनन् ।
यस्ता विद्यार्थीहरुका लागि दुई विकल्प छन् । पहिलो सिटिइभीटीको प्राविधिक विषय रोज्ने । दोस्रो अर्को वर्ष फेरी १० कक्षाको परिक्षा दिने ।
पहिलो विकल्प रोज्नेले पनि सहजै भर्ना पाउन मुस्किल छ । कान्तिपुर दैनीकबाट